समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ।
जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो।
प्रशिक्षर्थी कामदार लैजान जापानले २८ नोभेम्बर २०१६ मा छुट्टै प्राविधिक प्रशिक्षण तालिम ऐन नै तयार पारेको थियो। यसअघि जिट्कोअन्तर्गत जापानले प्रशिक्षर्थाी कामदार लैजाँदै आएको थियो।
जापानले १ नोभेम्बर २०१७ देखि भने नयाँ व्यवस्था लागू गरेको हो। जिट्कोअन्तर्गत नेपाललगायत १५ मुलुकबाट प्रशिक्षार्थी कामदार लग्दै आएको जापानले टीआईटीपीअन्तर्गत पनि तिनै मुलकबाट कामदार लैजाने घोषणा गरेको छ। त्यसका लागि छुट्टाछुट्टै एमओसी गर्नुपर्ने हुन्छ।, तर, कार्यक्रम सुरु भएको १० महिना बितिसक्दासमेत नेपााल सरकारसँग द्दीपक्षीय समझदारी हुन सकेको छैन ।
आठ मुलुकले भने यसअघि नै प्राविधिक प्रशिक्षार्थी कार्यक्रमसम्बन्धी समझदारीमा हस्ताक्षर गरिसकेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की