फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

Paper

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् । आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो ।

नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपत्तिजनक शब्दको स्क्रिन्सट प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन् ।

तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन् ।

समुना पुर्वडिएसपी खड्काका आफ्नै भाई दिलीपकुमार खड्काकी श्रीमती हुन् ।,आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ