नतिजामा धाँधली भएकाे भन्दै प्रजु प्यानलले शपथ लिएन, अधिकारीका उम्मेदवारलाई मात्रै शपथ

नतिजामा धाँधली भएकाे भन्दै प्रजु प्यानलले शपथ लिएन, अधिकारीका उम्मेदवारलाई मात्रै शपथ

damu

पोखरा  । पोखरा उद्योग बाणिज्य संघमा चुनावी नतिजामा धाँधली भएको भन्दै प्रजु प्यानलबाट जितेकाहरुले शपथ लिएनन् । निर्वाचन कमिटीले २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक गरेको थियो ।

तर मतगणना हुँदा अध्यक्षमा ३७ मत कम देखियो । अध्यक्षका लागि दामु अधिकारीले १ हजार ४ सय ७८ मत ल्याएर बिजयी भए भने प्रतिश्पर्धी रवीन्द्रबहादुर प्रजुले १ हजार ४ सय ७१ मत ल्याए ।

मतान्तर नमिलेसम्म शपथ नलिने प्रजु प्यानलको घोषणा छ । यद्यपी निर्वाचन कमिटीले अध्यक्ष दामु अधिकारी सहित उनको प्यानलबाट विजयी भएकाहरुलाई शपथ गराईसकेको छ ।

अधिकारी प्यानलबाट खुला सदस्यमा रुद्रनाथ लुईंटेल, नगेन्द्र सुवेदी र शोभित पौडेल तथा बस्तुगत सदस्यमा श्रीप्रसाद घले, चिन्तामणी बास्तोला र तारानाथ ढुंगाना निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds