पोखरा उवासंघको अध्यक्षमा दामु अधिकारी निर्वाचित, अन्य सबै पदमा प्रजु प्यानल (मत सहित)

पोखरा उवासंघको अध्यक्षमा दामु अधिकारी निर्वाचित, अन्य सबै पदमा प्रजु प्यानल (मत सहित)

Damu

गण्डक न्यूज । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बामपन्थी प्यानलका दामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् । दामु अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।

पदाधिकारीका अन्य पदमा प्रजू प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।

उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५ मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।

कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन् । चिनु गुरुङले १५९१ मत ल्याउँदा सीता वरालले १३८८ मत प्राप्त गरिन् ।

औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन कमिटिले आधिकारीक घोषणा भने गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ