पोखरा, ५ असोज । ‘जिरो इमिसन (शुन्य कार्बन उत्सर्जन) डे’ को अवसरमा ’रन फर ग्रिन’ भन्ने मुल नाराका साथ वन विज्ञान अध्ययन संस्थान पोखरामा म्याराथन प्रतियोगिता भएको छ ।
सेफ नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा वन क्याम्पस लगायत विभिन्न विद्यालयका ४६ जना पुरुष र महिला प्रतियोगीहरु सहभागी भएका थिए । वन क्याम्पसबाट सुरु भई कान्तिपुर चोक, भारतीय पेन्सन क्याम्प, बुद्धचोक, ईन्द्रचोक हुँदै वन क्याम्पसमा आई ५ कि.मी. को दुरीमा टुङ्गिएको थियो ।
पुरुष तर्फ वन क्याम्पसकै सुसान रिमाल प्रथम, भ्यु प्वाइन्ट स्कुलका सुरज नेपाली द्वितीय र वन क्याम्पसका विवेक श्रेष्ठले तृतीय स्थान प्राप्त गरे । यस्तै, महिला तर्फ वन क्याम्पसका बिभुती थापा प्रथम, मेलिना पन्त द्वितीय र कल्पना अधिकारीले तृतीय स्थान हासिल गरे।
कार्यक्रमका प्रमुख अतिथी क्याम्पसका निमित्त प्रमुख ठाकुर सिलवालले आगामी दिनहरुमा यस्तै जनचेतनामुलक कार्यक्रमको निरन्तरताको शुभकामना दिँदै सम्पुर्णलाई बधाई दिएका थिए। सेफ नेपालका अध्यक्ष सन्तोष पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने विभिन्न संघसंस्था र स्कुलहरुलाई धन्यवादका साथै विजेता तथा सहभागी प्रतियोगीहरुलाई बधाई दिदै कार्यक्रमको समापन गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो