गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । चर्चित गायक हेमन्त शर्मा नयाँ गीत “बरिखा” बजारमा आएको छ । ‘बरिखा..’ बोलको गीत मंगलबार दिउसो युटुबमा सार्वजनिक गरिएको हो । “हरि हरि हरि गल्ती भए माफी पाउ पैले भन्छु सरी…” भन्दै ‘बरिखा’ गित लिएर शर्मा आएका हुन् । उक्त गितमा शब्द तथा संगीत गायक शर्माको नै रहेको छ । गितको एरेन्ज भने श्यामस्वेत रसाइलीले गरेका हुन् । उक्त गित भाइभ एण्ड वेभ-डान्स स्टुडियो नेपालको युटुब च्यानलबाट बजारमा आएको हो ।
उक्त गीतको भिडियोमा राहुल शाह, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । शर्माले नयाँ गित लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका हुन् । पवन सुस्लिङको सिनेमेटोग्राफी रहेको भिडियोको निर्देशन राहुल शाहले गरेका हुन् ।
“यो गीत नयाँ पुस्ता संग गासिने प्रयास हो । नयाँ देखि पुराना कुरा समेटेको छु । नयाँ र पुरानो दुबै पुस्ताले गीत रुचाउनु हुन्छ भन्ने विश्वास लिएको छु” हेमन्तले भने, “ केहि नयाँ र फरकपन प्रयोगका लागि धेरै कलाकारको संख्या आवद्ध रहेको छ ।” यो गितको भिडियो नै ५ दिन लगाएर ठुलो टिममा सुटिङ गरिएको गायक शर्माले जानकारी दिए । गायक शर्माको यस अघि ‘पातली..’ गीत बजारमा आएको थियो ।
हेर्नुहोस भिडियो :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते