तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १२ घाँसिकुवा बाट ३०० थान लागु सहित ३ जना लाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार ५:४० बजेको समयमा लागु औषध बिक्री वितरणको लागी लिएर आउँदै छन भन्ने सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा भेटिएका तिन जना लाइ प्रहरीले पक्राउ गरेको हो ।
यसरि पक्राउ पर्नेहरुमा नबलपरासीको परासी नगरपालिका वडा नं. ६ पोखरापानी बस्ने बर्ष २८ का राजु शहनी भन्ने रघुन्द मल्ल, परासी नगरपालिका वडा नं. ६ पोखरापानी बस्ने बर्ष २८ का राम बसन्त शहनी र ब्यास नगरपालिका वडा नं. ४ सितलचोक बस्ने बर्ष २० को अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
उनीहरु लाई नियन्त्रणमा लिई शरिर तलासी लिदा राम बसन्त शहनीले बोकेको झोला भित्र पत्रिकाले र्यापिङ गरी पानी टेपले लेपेटेर लुकाई छिपाई राखी ल्याउदै गरेको अबस्थामा २ मिलिलिटरको डाइजेपाम शिशी १०० थान, २ मिलिलिटरको नोफिन शिशी १०० थान र २ मिलिलिटरको फेनेरेगन शिशी १०० थान सहित ३०० थान लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागु औषध बरामद गरी लागु औषधको खरिद बिक्री तथा ओसार पसारको कारोबार गर्ने ब्यक्तिहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते