लेखनाथ सामुदायिक अस्पताल तोडफोड, चोरी गर्ने मोहरिया देउरालीका बाबुराज घले र सुरज थापा पक्राउ

लेखनाथ सामुदायिक अस्पताल तोडफोड, चोरी गर्ने मोहरिया देउरालीका बाबुराज घले र सुरज थापा पक्राउ

Lekhnath Hospital

लेखनाथ । पोखरा ३० लेखनाथ, मोहरियामा अवस्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा तोडफोड र चोरी भएको छ । मोहरिया, देउराली खोला बस्ने ३७ वर्षीय बाबुराज घले र २५ वर्षीय सुरज थापा लगायतका युवाले केही औषधी मागेको र नदिँदा तोडफोड गरेको त्यहाँ कार्यरत डा. विशाल सापकोटाले जानकारी दिए ।

डा. सापकोटाका अनुसार नारकोटिक औषधी मागेको र बिना जाँच औषधी दिन नमिल्ने बताएपछि धम्काएको उनले बताए । ३ जनाको समुहमा आएका उनीहरुले केही औषधी चोरी लगेको र अस्पतालको टिभी समेत तोडफोड गरेका छन् । उनीहरुले नशालु पद्धार्थका रुपमा औषधि सेवन गर्ने गरेको बुझिएको छ । एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यससँगै अस्पतालमा उचित सुरक्षाको व्यवस्था गर्न सामुदायिक अस्पतालमा कार्यरत डा. नविन रेग्मी लगाएत अन्य कर्मचारीले माग गरेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यलय डाँडाको नाकले बताएको छ ।

तस्विरः सन्दिप पौडेल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ