पोखरा । सहारा क्लब पोखराद्वारा स्थापित ‘सहारा पत्रकारिता पुरस्कार’ यस वर्ष पोखराको खेलकुद क्षेत्रमा सक्रिय पत्रकार विजय नेपाललाई अर्पण गरिएको छ ।
सहारा क्लबले खेलकुद पत्रकारिता बिटमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गरी प्रोत्साहन गर्न सुरु गरिएको यो पुरस्कार नेपालमा नै सम्भवतः पहिलो हो । पुरस्कार राशि १५ हजार ५ सय ५५ नगद सहित ताम्रपत्र रहेको छ । शनिबार आयोजित क्लबको २० औ वार्षिकोत्सव समारोहबीच पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लब अध्यक्ष केशब बहादुर थापा, पूर्व अध्यक्षहरु बसन्त थकाली, विक्रम थकाली लगायतले पत्रकार नेपाललाई पुरस्कार प्रदान गरे ।
खेलकुद क्षेत्रमा कलम चलाउने पोखरेली पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिँदैआएको क्लबले जनाएको छ । उमपेयर गुरुङले यस्ता सम्मान र पुरस्कारले पत्रकारलाई हौसला मिल्ने बताईन् । उनले नेपाली फुटबलको विकासमा सहारा क्लबको योगदानको प्रशंसा पनि गरिने । सम्मानित व्यक्तित्व नेपालले पुरस्कारले जिम्मेवारी थपेको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङमैनादीमा जन्मिएका हुन् । पोखरालाई कर्मथलो बनाई २०६० सालबाट सञ्चार दर्पण पत्रिकाबाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत छन् ।
नेपालले यसअघि पोखरा हटलाइन, रेडियो बाराही, राइजिङ पोखरा, रासस, समाधानमा काम गरिसकेका छन् भने अंग्रेजीमा स्नातकोत्तर हासिल गरेका छन् । उनी यसअघि विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार, रोट्रयाक्ट पोखरा पत्रकारिता पुरस्कार, द लुक्स पत्रकारिता सम्मान, बाघमारा उत्कृष्ट पत्रकार सम्मान प्राप्त गर्नुका साथै एक दर्जन बढी संघसंस्थाबाट सम्मानित भैसकेका छन् ।
यसभन्दा सो पुरस्कारबाट कुलचन्द्र न्यौपाने, धन बस्नेत, बिनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था र सुरज श्रेष्ठ सम्मानित भैसकेका छन् ।
यस्तै, क्लबले आफ्ना सदस्यमध्ये कविता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । क्लब सल्लाहकार समेत रहेका पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समिति सदस्यमा पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, पूर्व महासचिव केशवराज बराल, पदेनसदस्यमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष केशव पाठक, क्लब अध्यक्ष केशवबहादुर थापा र महासचिव विश्वराज बराल रहेका थिए ।

तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने