‘निर्मलाका निम्ति न्याय’: मुलुकभर मुख्य शहरमा शनिवार जनता भेला, चिप्लेढुंगामा दिउँसो १ बजे

‘निर्मलाका निम्ति न्याय’: मुलुकभर मुख्य शहरमा शनिवार जनता भेला, चिप्लेढुंगामा दिउँसो १ बजे

nirmala

कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रशासनले अलमल गरिरहेको सन्दर्भमा भोलि शनिवार देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन गर्ने भएको छ।

घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको हो। सामाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा हुने उक्त प्रदर्शन पोखराको मानवधिकार चोकमा शनिवार दिउँसो १ बजे हुनेछ। ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्‍याउन स्वतस्फुर्त रुपमा यो कार्यक्रम आयोजना गरिएको हो।

देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डला, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज,  भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोक लगायतका ठाउँहरुमा जनता भेला हुनेछन् ।

निर्मलाकालागि न्याय भन्दै सामाजिक संजाल र मिडियाहरु निरन्तर आवाज उठाईरहँदा पनि दोषी पत्ता लगाउन सरकार असफल हुँदै आएको छ। दोषी पत्ता लगाउनकालागि आयोगहरु बनिसके पनि दोषी पत्ता लगाउन नसक्नुले शंकाको सुई उच्चपदस्थहरु र पहुँचवालाहरु तर्फ घुमेको छ। निर्मला पन्तका आमा-बाबु न्यायको खोजीमा देशको राजधानी नै पुग्नुपरेको अवस्थामा न्याय दिन सरकार किन हिच्किचाईरहेको छ भन्ने प्रश्न जनमानसले गर्न थालेका छन्।

यसरी न्यायका लागि समय लम्बिदै जानुले अनेक शंका उपशंका पैदा गरेकाले सरकारलाई दवाब दिन उक्त प्रदर्शन हुन लागेको हो । यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds