श्यामशितल परियार, लमजुङ । लमजुङमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको हो ।
पहिरोका कारण हिजो बुधबार मस्र्याङ्दी गाउँपालिका–३, की ६५ वर्षे अतिरुपा थापा, थापाकी १० वर्षिय नातिनी सिराश थापा, मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी ४७ वर्षे विष्णुकुमारी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् डिएसपी यादव ढकालले जानकारी दिए ।
उहाँका अनुसार बिहिबार बिहान अर्खलेबेसीको पहिरोमा बुधबार वेपत्ता हुनुभएकी मस्र्याङ्दी गाउँपालिका–३, की ७२ वर्षे ललितमाया गुरुङको शव भेटिएको छ । गुरुङको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । गुरुङसंगै जिल्लामा पहिरोमै परी मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी काजीमान सुनारका अनुसार मस्र्याङ्दीमा आएको बाढीले २ जनालाई बगाएको छ । उनका अनुसार बेसीसहर नगरपालिका–११, रामचोकबेसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका बर्दियाका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारुलाई बुधबार मस्र्याङ्दीले बगाएको हो ।
उनीहरु अझै भेटिएका छैनन् । बाढिपहिरोकै कारण ९ जना घाईते भएका छन् । मस्र्याङ्दी गाउँपालिकामा बाढिले १ वटा ट्याक्टर, ३ वटा मोटरसाईकल बगाएको छ । पहिरोकै कारण पशुचौपाया मरेका छन् ।
सहायक प्रजिअ सुनारका अनुसार बाढिपहिरोले लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकामा बढि क्षति पुर्याएको छ । घाईतेहरुको उद्धार र उपचारका लागि २ वटा हेलिकप्टर परिचालन गरिएको छ । वेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ । बाढिपहिरोबाट प्रभावित ठाउँमा प्रहरी परिचालन गरिएको छ । अवरुद्ध बेसीशहर–चामे सडकखण्ड खुलाउने प्रयास भईरहेको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो