नेगम परियार, मनाङ । प्रतिनिधिसभा सांसद कर्म घले र प्रदेश सांसद चिन्त बहादुर घले जन्म थलो मनाङको भ्रमण तथा अवलोकन गर्नका लागि गृहजिल्ला आएका छन् ।
मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्बाचन क्षेत्र अन्तर्गत प्रदेश सभा सदस्य निर्बाचन क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका नाशोङ गाउँपालिका ६ मनाङका नेपाली काङग्रेसका चिन्त बहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका ५ मनाङका प्रदेश सभा निर्बाचन क्षेत्र नं २ का निर्बाचित नेपाली काङग्रेसका केन्द्रीय संसद कर्म घले जन्म थलो मनाङ आएका हुन् ।
उनीहरु ङिस्याङ गाउँपालिका अन्र्तगत सञ्चालन गरिएको ३९ औँ शिक्षा दिवसको अवसरमा गरिएको कार्यक्रममा सहभागी भए । कार्यक्रममा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले लगायतले स्वागत गरे ।
माथिल्लो गाउँपालिका मनाङ ङिस्याङ्ग गाउँपालिकाका कार्यालय प्रमुखहरुसंगको भेटघाट तथा अवलोकन कार्यक्रम पस्चात मनाङ ङिस्याङ्ग गाउँपालिकाका हरेक गाउँ गाउँमा गई आफ्ना समर्थक तथा कार्यक्रता गाउँबासीहरुसंगको भेटघाट कार्यक्रम गरि जिल्लाको सदरमुकाम चामेमा रहेको सम्पुर्ण कार्यालय प्रमुखहरु , सुरक्षा निकाय , गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरुसंगको भेटघाट कार्यक्रममा सहभागी भए ।
चामे गाउँपालिकाका स्थानीय बासीहरुले उहाँहरुको भब्य स्वागत तथा शुभकामना समेत दिएका थिए । यस्तै, चामे गाउँपालिका अन्र्तगतका सम्पुर्ण कार्यालय प्रमुखहरुसंगको भेटघाट तथा जानकारी पस्चात चामे आमा समुहको कार्यक्रममा सहभागी भई तल्लो भगका कार्यालय प्रमुख तथा स्थानीयहरुसंग भेटघाट कार्यक्रम भयो । सदरमुकाम चामेमा रहेको श्री लोकप्रिय माध्यामिक बिद्यालयको समेत अवलोकन गरे ।

बिशेष गरि स्थानीयहरुसंगको भेटघाट तथा अवलोकन कार्यक्रम मात्र भएको उनीहरुले बताए । जिल्ला बिकास र समृद्ध बनाउन सक्दो सहयोग र साथ रहने उहाँहरुले आ– आफ्नो ठाउँबाट सहयोग गर्ने कार्यालय स्थानयिबासी तथा कार्यालय प्रमुखहरुसंगको भेटमा बताए ।
जिल्लाका सम्पुर्ण जिल्ला बासीहरुको गाउँ गाउँमा पुगी उहाँहरुसंग भेटघाट गरि स्थानीयहरुको सुझाब सल्लाह तथा समस्याहरुको बारेमा छलफल गरिने गुरुङले बताए । उनीहरुले जिल्लामा भएको समस्याहरु र यहाँ सम्पतिको रुपमा रहेको पर्यटक, जडिबुटी,होटल ब्यबसाय,शिक्षा ,स्वास्थ्य लगायतका बिषहरुको बिकास को निम्ति उहाँहरुले कुरा अगाडी बढाउने समेत प्रतिबद्धता जाहेर गरेका थिए ।

सम्बन्धित खबर
मनाङमा एउटा एम्बुलेन्ससमेत छैन
मनाङ केन्द्रविन्दु भएर भूकम्प
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
मनाङको तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो, अझै नियन्त्रणमा आउन सकेन
मुख्य समयमै हिउँ नपरेपछि मनाङका स्थानीय चकित
मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो