पोखराको पामेमा खोलाले चप्पल बगाउँदा समाउने क्रममा आफै बगे

पोखराको पामेमा खोलाले चप्पल बगाउँदा समाउने क्रममा आफै बगे

Pame

पोखरा, भदौ २६ । पोखराको पामे स्थित लौरुकमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि खोला बढेको र सोही खोलाले बगाउँदा पोखरा २४ कास्कीकोटका ५० बर्षिय गुञ्जबहादुर बस्नेतको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा चप्पल बगाएपछि उनी चप्पल समात्न खोलामा झरेका थिए । बढेको खोलाले उनलाई पनि सँगै बगाएको स्थानीयले बताएका छन् ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ठूलो बर्षाका कारण पोखरा र आसपासमा ठाउँठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध भएका छन् भने खोलाको बहाव बढेको छ । रामघाटमा पानी तालिएको छ ।

प्रतिकात्मक तस्विर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds