पोखरा । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासलाई आधारमा मानी आफ्ना क्रियाकलापहरु संचालन गर्दै आइरहेको जेसीज युवाहरुको विश्वव्यापी सञ्जालको रुपमा परिचित छ ।
नेपालमा मात्रै ५४ वर्ष पूरानो इतिहास बोकेको यस संस्थाको आफ्नै बिशेष गरिमा बोकेको पाईन्छ । नेपालभरी छरिएर रहेका शाखाहरुलाई ४ क्षेत्रमा बाँडिएको छ । जसमा हेटौंडा, बिरगंज, चितवन हुँदै गण्डकी साविक गण्डकी र धौलागिरी अञ्चल क्षेत्रका ३२ वटा शाखाहरुको क्षेत्र ‘ख’ सम्मेलन आगामी असोज ५ र ६ गते पर्वतको कुस्मामा हुँदैछ ।
होष्ट च्याप्टरको रुपमा पर्बत जेसीजले तयारी गरिरहेको छ । तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा पर्बत जेसीजका पूर्व अध्यक्ष बसन्त कुमार कर्माचार्यले जानकारी दिए । कुष्मा सानो ठाउँ भएपनि सम्मेलनमा आउनेलाई कुष्माबासीबाट न्यानो आतिथ्यता दिई अविष्मरणीय बनाउन कुनै कसर नराख्ने पर्वत जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी राजन जोशीको भनाई छ ।
उक्त कार्यक्रममा यस वर्षका नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालको प्रकरण ‘yes we shine by rising responsibility’ भन्ने प्रकणरमा थिम सेमिनार समेत हुने र सेमिनारमा वक्ताका रुपमा बद्री पाण्डे र ठाकुर गैह्रैको समेत उपस्थिती रहने भएको छ । उक्त सम्मेलनमा डेलिगेट्स र अन्य आगन्तुक पाहुनाहरु गरी सात सय जना सम्मको उपस्थिती रहने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध