लभ्लीडाँडामा एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिए पोखराकी नेपाली र स्याङ्जाका भण्डारी

लभ्लीडाँडामा एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिए पोखराकी नेपाली र स्याङ्जाका भण्डारी

Lovly dada

पोखरा । दुई साता अघि घरबाट हराएको भन्दै कास्की प्रहरीमा निवेदन परेको थियो । तर, सोमबार लभ जोडीहरुको डेटिङ स्पट भनेर चिनिने लभ्लीहिल नजिकै रुखमा मृत अवस्थामा उनीहरु भेटिए । एउटै डोरी पासो लगाएर झुण्डिएको अवस्थामा ।

उनीहरु बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरु  ११ गतेदेखि परिवारको सम्पर्कबाट टाढा रहेका थिए । शशी १५ वर्षकी र भण्डारी २२ वर्षका थिए। मनबहादुर पहिले नै विवाहित थिए। उनले १५ वर्षकी शशी नेपालीलाई लिएर हिँडेपछि शशिका आफन्तले कास्की प्रहरीमा निवेदन दिएका थिए ।

पछिल्लो समय परिवारसँग सम्पर्क हुँदा ‘हामीलाई एक अर्कासँग सँगै बाँच्न दिने र नछुटाउने भए आउँछौ नत्र आउँदैनौ’ भनेर आफन्तलाई भनेका थिए। तर घरमा पहिले नै श्रीमती भएको र युवतीको उमेर १५ वर्ष मात्रै भएकाले परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार्ने अवस्था नदेखिएकाले उनीहरुले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए।

लभ्ली डाँडाको रुखमा झुण्डिएको जोडी शव सडेको अबस्थामा भेटिएकाले साताअघि नै उनीहरुको मृत्यु भएको हुनसक्ने गुरुङले बताए। भण्डारीको शवसँगै भेटिएको नागरिकताका आधारमा उनीहरुको पहिचान खुलेको हो। दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। थप अनुसन्धानपछि घटनाको रहस्य खुल्ने प्रवक्ता गुरुङले बताए।

पत्रकार जमुना वर्षा शर्माको सहयोगमा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ