पोखरा । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम भएको छ । यससँगै अब काम काज पोखरा महानगरपालिका नामबाटै हुनेछ ।
गत साउन २३ गते मन्त्रीपरिषद् बैठकले महानगरको निर्णय र प्रदेश सरकारको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।

यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । अधिकांशले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नाम अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको थियो ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो