पोखरा । तनहुँको भानु नगरपालीका – ३ तुरतुरेमा बस पल्टिँदा सहचालकको ज्यान गएको छ । डुम्रेबाट बेशीशहरतर्फ गईरहेको ग१ख ४४४५ नं.को बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको थियो ।
सहचालक भानु नगरपालिका १ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञान ब. तामाङ घाईते भई उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे पठाईएकोमा उपचारको उनको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई गई चालकलाई नियन्त्रणमा लिईएको छ ।
कास्कीः बिक मृत अवस्थामा फेला
यता, पोखरा लेखनाथ महानगरपालिका २२ फुस्रेखोला चिसापानी बस्ने ६० वर्षिया रेणुका वि.क.आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जानकारी प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा प्रहरी टोली खटिई गई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयका एसपी नवराज भट्टले जनाएका छन् ।
तनहुँः बृद्ध मृत अवस्थामा फेला
तनहुँमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान साढे ७ बजे ब्यास ११ स्थित आफ्नै घरबाट निस्केर त्यसपछि सम्पर्कविहीन बनेका लेखबहादुर राना आज पूर्वान्ह मृत अवस्थामा भेटिएका हुन् । भानु ६ नारिनबोटमा उनको शव भेटिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरी प्रवक्ता श्यामु अर्यालले जनाए ।
(फिचर तस्विर भदौ २१ गते तनहुँ बेलचौतारामा भएको दुर्घटनाको हो )
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो