पोखरा, २५ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महासधिवेशनमा उम्मेद्वारी घोषणा गरेको ‘समावेशी-व्यवसायी समूह’ले सोमबार उम्मेद्वारी दर्ता गरेका छन् । समूहको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी दामु अधिकारीसहित सातै जना पदाधिकारी र सदस्यका उम्मेद्वारहरुले सोमबार उम्मेद्वारी दर्ता गरेका हुन् ।
अधिकारीले सबैभन्दा पहिले उम्मेद्वारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा ५ जना र समर्थकमा १० जना रहेका छन् । अधिकारीको प्रस्तावकमा साइराम अटोपार्टसका कालिदास पौडेल, ब्लु स्काई ट्राभल्स एण्ड टुर्स प्रालिका केदारनाथ शर्मा, सञ्चो मेडिकल र्फाका कृष्णप्रसाद पाण्डे, पुकार मेडिसेल्सका श्रीराम पराजुली र पराजुली आयल स्टोर्सका सुरेन्द्रमणी पराजुली रहेका छन् । सो समूहबाट वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणी बास्तोला र तारानाथ ढुंगानाले उम्मेद्वारी दर्ता गरे । कर्पोरेट २ र उद्योगतर्फको १ सदस्य भने आफ्नै तरिकाले चुनाव लड्न दिनका लागि समूहमा नराखिएको सो समूहले जनाएको छ ।
त्यस्तै, समर्थकहरुमा भद्रकाली टायर सप्लार्यका मोहनबाबु खड्का, प्रतिक्षा किचन सप्लायर्स सेन्टरका राजु श्रेष्ठ, प्रविण थ्रेड स्टोर्सका जगदिशप्रसाद अधिकारी, प्राप्ती किराना स्टोर्सका मिलन शम्शेर राणा, फुजियामा ट्रेक्स एण्ड एक्सिपिडिसन प्रालिका टीकाराम सापकोटा, रामकृष्ण एण्ड बालकृष्ण स्टोर्सका बालकृष्ण कोइराला, दवाडी हार्डवेयरका महेश्वर दवाडी, पोखरा ईम्ब्रोइडरी गार्मेन्ट सपका चिरञ्जिवी पोखरेल, ग्लोवल केवल ईण्डष्ट्रिज प्रालिका सुरेन्द्रबहादुर गोदार र गण्डकी टायल ईण्डष्ट्रिजका फणिन्द्रराज शर्मा छन् ।
त्यस्तै, समावेशी व्यवसायी समूहकातर्फबाट बरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बरालले उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यस्तै, सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले उम्मेद्वारी दर्ता गरे ।
संघमा राजनीति हुनबाट बचाउन मेरो उम्मेद्वारी : अधिकारी
उम्मेद्वारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै समावेशी-व्यवसायी समूहका नेतृत्वकर्ता तथा अध्यक्षका उम्मेद्वार दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघलाई राजनीतिबाट बचाउन आफ्नो खाँचो परेकाले अध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

उम्मेद्वारी दर्ताका समयमा सहभागी उद्योगी-व्यवसायीको बाक्लो भीडले उत्साहित देखिएका उनले भने, ‘म निकै उत्साहित छु, उद्योगी÷व्यवसायीले हाम्रो समावेशी व्यवसायी समूहलाई मन पराउनुभएको छ, सबै युवा भएको र यो समूहले केहि गरेर देखाउँछ भन्ने विश्वास गर्दै साथ र समर्थन दिएकाले हाम्रो जित सुनिश्चित छ ।’ अधिकारीले आफूलाई पूर्व अध्यक्षहरुको पनि साथ र समर्थन रहेको दाबी गरे ।
सो समूहबाट महासचिवमा उम्मेद्वारी दिएका किसान सुनारले युवा र सबल नेतृत्वका लागि आफूले उम्मेद्वारी दिएको बताए ।
उम्मेद्वारी दर्ता गर्न समावेशी ब्यबसायी समूहको सचिवालय रहेको प्रस्याङबाट सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै पोखरा उद्योग वाणिज्य संघको कार्यालयसम्म जुलुश आएको थियो । उम्मेद्वारलाई अघि लाएर निस्किएको जुलुशमा उद्योगी-व्यवसायीको बाक्लो सहभागिता थियो ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो