नेगम परियार, मनाङ । मनाङमा पहिलो पटक कर्मचारी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति मनाङद्धारा आयोजना गरिएको कर्मचारी हाजिरी जवाफ प्रतियोगिता गरि निजामती कर्मचारी दिवश मनाईएको हो ।
कार्मक्रममा जिल्ला भरीका सम्पुर्ण निजामती कर्मचारीहरुको उपस्थिती रहेको थियो । हरेक गाउँपालिकाबाट १-१ टिम दर्ता गर्ने भनिएता पनि चामे गाउँपालिकाबाट भने निबेदन परेको थिएन । ३ गाउँपालिकाबाट र बाकीँ ४ वटा टिम गरि जम्मा ७ वटा टिमको प्रतिष्पर्धा रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष खुलानाथ गौतमले बताए ।
कार्यक्रम जिल्ला खेलकुद बिकास समितिको कर्भडहलमा गरिएको थियो । ४ वटा गाउँपालिका रहेको यस जिल्लामा ४ वटै गाउँपालिकाबाट ४ वटा टिम दर्ता भएको थियो । कार्यक्रममा प्रथम हुने लेखा क शिक्षा कार्यालयको टिमले नगद रु ५००० सहित प्रमाण पत्र, द्धितिय हुन सफल जिल्ला प्रशासनको टिम नगद रु ३००० सहित प्रमाण पत्र, तृतिय स्थान प्राप्त गर्ने नाशो गाउँपालिकाको टिम नगद रु २००० सहित प्रमाण पत्र र मनाङ ङिस्याङ्ग गाउँपालिका सान्तवना भई नगद रु १००० सहित प्रमाण पत्र प्राप्त गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति मनाङका अध्यक्ष निलकण्ठ पौडेल लगायतबाट पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खबर
पिक – अप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो