पत्रकार सागरराज तिमिल्सिना सम्मानित

पत्रकार सागरराज तिमिल्सिना सम्मानित

sagar-samman-2

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार, सम्पानपत्र र दोसल्लाले सम्मान गरे ।

रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल पोखराको २४ औं वार्षिक साधारण सभा तथा १३ अधिबेसनको अवसर पारेर पर्यटन प्रबद्र्धनमा योगदान कदर गर्दै उनलाई सम्मान गरिएको हो । पत्रकार तिमिल्सिना बिगत १६ वर्ष देखि पोखराको पत्रकारितामा क्रियाशिल छन् ।

समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरुवात गरेका तिमिल्सिना पोखरा एफएम, विग एफएम, एभिन्युज टेलिभिजनमा काम गरि सकेका छन् । हाल पोखराकाबाट सेतोपटी डटकमका संवाददाता, गन्थन डटकमका सम्पादक र एपिवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख हुन् । यस अगाडि सोही पुरस्कारबाट पत्रकार कृष्णमणि बराल सम्मानित भएका थिए ।

सोही कार्यक्रममा भर्खरै इन्डोनेसियामा सम्पन्न १८ औं प्याराग्लाइडिङ्ग एसियाडमा रजत पदक हात पार्न सफल खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ