तनहुँ । दमौलीमा दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी गाउँ बस्ने २६ वर्षीय बादल ग्वाला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत सोमबार नेपाल बैंकबाट पैसा निकालेर आएका व्यास नगरपालिका वडा नम्बर ७ का कृष्णबहादुर बसौला लाई पिछा गर्दै उनीहरुले बसौलाले बोकेको व्यागसहित रु १७ हजार चोरी गरेर भागेका थिए । उनीहरुले सुनियोजित रुपमा बसौलाको सर्टमा हिलो छ्यापी झोला चोरेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । झोला चोरी गरी फरार रहेका व्यक्तिलाई बजारमा जडान गरिएका सिसी क्यामेरामा कैद भएका भिडियोका आधारमा बुधबार साँझ साढे पाँच बजे पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाले चोरी गरेको स्वीकार गरेको र यसभन्दा अगाडि सोही तवरबाट विभिन्न जिल्लामा चोरी गर्ने गरेको बयान दिएका छन् । उनीहरु विरुद्ध तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट चोरी अपराधमा प्रयोग हुने पेचकस, फलामे रड तथा नगद रु १५ हजार ६०० बरामद गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते