शिर छेदन गरी विभत्स हत्या गरिएका २२ वर्षीय जिसीको परिवार शोकमा

शिर छेदन गरी विभत्स हत्या गरिएका २२ वर्षीय जिसीको परिवार शोकमा

sangin gc

बाग्लुङ बुर्तिवाङ घर भएका २२ वर्षिय संगिन जिसी काठटमाण्डौ सानो भ¥याङ स्थित हजुरबुबाआमासँगै बस्थे । भदौ १० गते रक्षाबन्धनको दिन दिउँसो २ बजेतिर घुम्न जान्छु भन्दै हिँडेका थिए । बेलुका घर फर्केनन् । फोन स्वीच अफ भयो । अर्को दिन उनका हजुरबुवाले महानगरिय प्रहरी वित्तमा खोजीका लागि निवेदन दिए ।

भदौ १७ गतेका दिन वालवालिकाहरुले स्वयम्भु जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरे । उनै जिसी थिए तर टाउको छिनालिएको अवस्थामा उनलाई भेटियो । मृतकका बाबु मिनबहादुर जिसीका अनुसार छोराको हत्या कुनै नियोजित ढंगले हत्या भएको छ । अहिले परिवार शोकमा डुबेका छन् ।

मृतकको परिवारले हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । आइटी सम्बन्धी विषय लिएर न्यू समिट कलेज शान्तिनगरमा साताँै सेमेस्टर अध्ययन गर्दै आएका उनी यस पछिको अध्ययनका लागि विदेश जाने प्रकृयामा रहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ