नेगम परियार, मनाङ । मनाङको नाशोङ गाउँपालिका २ नाचैँ गाउा र वडा नं ५को थोँचे गाउँ जोड्ने ड्रोना खोलामा ४ बर्ष अगाडी निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राबिधिकहरुले दाबी गरेका छन ।
खोलाको पानीको सतहबाट ४१२ मिटर उचाईमा रहेको यस पुलको लम्बाई १३५ मिटर छ । केहि दिन अघि मात्र उक्त पुलको नाप जाँच गरिएको थियो । नाशोङ गाउँपालिकाका ईन्जिनीयर सुभास पाण्डेको टोलीले नाप लिए पछि मात्र उक्त पुलको बास्तबिक उचाई पत्ता लागेको हो ।
अहिलेसम्म यस पुलको उचाई नाप्ने प्रयास कोहि कसैले पनि गरेको थिएन । सो पुलको २०७२ सालमा निर्माण गरिएको पुल बिश्वकै पाचौँ नम्बरमा पर्न सफल भएको छ ।
बिश्वको तथ्याङ्क अनुसार सबै भन्दा अग्लो पुल चीनमा रहेको छ । चीनको डुङग्रे ब्रिज पुल ५६५ मिटर अग्लो रहेको छ । क्रमश चीनकै सिदु पुल ४९६ मिटर अग्लो , पुल्ली पुल ४८५ मिटर र एचीपुल ४३४ मिटर अग्लो रहेको छ । चिनको यी चार वटा पुल पस्चात नेपालको अग्लो झोलुङगे पुल भनेर भनिदै आएको पर्बत कुश्माको पुल भएको दाबी गर्दै आएकोमा उक्त पुल भन्दा पनि मनाङको यो झोलुङगे पुलको उचाई बढी भएको नाशोङ गाउँपालिकाका प्राबिधिक टोलीहरुले दाबी गरेका छन ।
नेपालकै अग्लो भनिएको पर्वत कुश्माको पुलको उचाई १६६ मिटर छ भने मनाङको नाशोङ गाउँपालिकाको ताम्राङ पुलको उचाई ४१२ भएको प्राबिधिक पाण्डेको भनाई छ । यसको राम्रो प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाहिय पर्यटकहरु बढी आन्तरिक आयमा बृद्धि गर्न सकिने सम्भावना रहेको भन्दै पुलको प्रचार प्रशार गर्न नाशोङ गाउँपालिका २ का वडा अध्यक्ष भीम बहादुर गुरुङले आग्रह गरे ।
गाउँलेहरुलाई हिँडडुल गर्न चार बर्ष अगाडि बनाईएको यस पुलबाट मनास्लु पदमार्गमा पनेृ झेलुङ्गे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो पदमार्ग हो । खोलामा पुल नहुदा अति जोखिम र असुरक्षित यात्रा गर्न बाध्य भएका स्थानीहरुको समस्यालाई थप मध्यनजर गरि २०७२ सालमा उक्त स्थानमा पुल निर्माण गरिएको हो ।
नाशोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले तिलिचो ताल जस्तै यो पुललाई पनि बिश्वमा चिनाउन सरकारसंग आग्रह गरेका छन् भने गाउँपालिकाले पनि सक्दो काम तथा सहयोग गर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला