किरण श्रेष्ठ, तनहुँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रको जग बलियो बनाउनुपर्ने बताएका छन् ।
व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको एक समारोह बीच उद्घाटन गर्दै उनले भने, ‘लोकतन्त्रको जग बलियो भयो भने मात्र नेपाली जनताले समृद्धि र सुशासनको अनुभूति प्राप्त गर्न सक्छ, त्यसैले यसका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्दछ ।’ तीनवटै तहका जनप्रतिनिधिले जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्नुपर्ने पनि उनले बताए ।
पूर्वराष्ट्रपति यादवले कुनैपनि क्षेत्रको विकास गर्दा त्यहाँको भूगोल तथा साधन–स्रोतलाई हेरेर गर्नुपर्ने बताएका छन् । बुधबार तनहुँको दमौलीमा व्यास नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले योजनाबद्ध विकासका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।
पूर्वराष्ट्रपति डा. यादवले बहुउद्देश्यीय भवन निर्माणले यहाँको विकासमा ऊर्जा थपेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि पर्यावरण र सम्पदालाई जर्गेना गरी कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिए । संबिधान लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने मुल मात्र हो ।
नेपाली युवाहरु विदेशिनु नपर्ने गरी ऊर्जा शक्तिबाट धनी राष्ट्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल
त्यस्तै, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली युवाहरु लाई विदेशिनु नपर्ने गरी ऊर्जा शक्तिबाट धनी राष्ट्र बनाउनुपर्नेमा जोड दिदैं आत्मनिर्भर हुनका लागि कृषि र पर्यटन क्षेत्रमा क्रान्ति गर्नुपर्ने बताए । कार्यक्रममा पोडेलले व्यास नगरपालिका जिल्लाकै पुरानो नगरपालिका भएको र यसले अरु नगरपालिका लाई समेत नेतृत्व गरेर अगाडि बढ्नुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, दोबाटे बिक र सरिता गुरुङ, नेकपाका केन्द्रीय सदस्य पीएल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा पूर्वसांसद धुव्र वाग्ले लगायतले बहुउद्देश्यीय भवन निर्माणले नगरपालिकाको आयस्तर वृद्धि हुने बताए ।
११ करोड बढी संयुक्त लगानीमा भवन निर्माण
नगर विकास कोषको ऋण तथा अनुदान सहयोग र व्यास नगरपालिकाको रु ११ करोड ३७ लाख ८६ हजार संयुक्त लगानीमा उक्त भवन निर्माण भएको छ । नगर विकास कोषको ९० प्रतिशत ऋण सहयोग, ७.५ प्रतिशत नेपाल सरकारको अनुदान र २.५ प्रतिशत व्यास नगरपालिकाको आन्तरिक स्रोतबाट उक्त भवन निर्माण सम्पन्न भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । भुकम्प प्रतिरोधात्मक अण्डर ग्राउन्ड सहितको ४ तले अत्याधुनिक भवन निर्माण कार्य सम्पन्न भएको व्यास नगरपालिकाका प्रमुख इन्जिनियर रविन्द्रलाल मुलले बताए ।

लिफ्टिङ सहितको अत्याधुनिक व्यास मल्टिप्रपोज विल्डिङको निर्माण कार्य २०७३ बाट सुरु गरिएको थियो । सिनर्जी विल्डर्सले भवन निर्माणको काम पुरा गरेको हो । अण्डर ग्राउन्डमा २७ वटा सवारी साधनको पार्किङ, पहिलो तल्लामा भाडाका लागी ३६ वटा सटर, दोस्रो तल्लामा ३ वटा वित्तीय संस्थाका लागि भाडा प्रयोजनमा र तेस्रो तल्लामा व्यास नगरपालिकाको कार्यालय रहनेछ । उक्त भवनको व्यावसायिक प्रयोजन बाट वार्षिक १ करोड ६२ लाख ७२ हजार रुपैया आम्दानि हुनेछ । जसमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष, प्रशासनिक शाखा, लेखा र योजना शाखा, आन्तरिक लेखा परिक्षक, आइटि सेक्सन र एउटा इजलास रहेछ ।
फर्निचर र लिफ्टको लागि टेण्डर
भवन सम्पन्न भैसकेकोले उक्त भवनमा आवश्यक पर्ने फर्निचरको लागि टेण्डर गर्ने तयारी भैरहेको व्यास नगरपालिकाले जनाएको छ । लिफ्टको स्पेश छोडी भवन पुरा भैसकेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए । फेरि अर्को टेन्डर गरि लिफ्ट निर्माण कार्य तत्कालै थालिनेछ न्यौपानेले बताए । अहिलेको दशै अगाडि नै व्यास नगरबासीले लिफ्ट चढेर सेवा लिने नगर प्रमुख न्यौपानेले बताए । लिफ्टमा ५ वटा ढोका हुने र एकपटकमा १० जनाले तलमाथि जान/आउन सक्नेछन । भाडामा दिने सटरका लागि टेन्डर खुलाइएको र त्यहाँ परेका बोलकबोलवाला फर्महरुको छनौट गर्ने कार्य भैरहेको राजस्व प्रमुख हेमन्त गुरुङले जानकारी दिए ।




सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो