पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला, पहिचान भएन

पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला, पहिचान भएन

Mritak

पोखरा । पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो ।

स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर शवको अनुसन्धान गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा व्याएको छ । मृत ब्यक्तिको अहिले सम्म नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव सडेको र अनुहार केही नचिनिने अवस्थामा रहेको छ ।

प्रहरीका अनुसार मंगलबार बनको बाटो हुँदै माछा मार्न गएका एक युवाले शवजस्तो देखेको भनेका थिए । बुधबार बिहान उनीसहित स्थानीयको समूह पुगेर एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परेको प्रहरीले जनाएको छ । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ