पोखरा पर्स्याङ स्थित कवाडी गाेदाममा भीषण आगलागी

पोखरा पर्स्याङ स्थित कवाडी गाेदाममा भीषण आगलागी

20180905_003922

पोखरा महानगरपालिका वडा नं ५ स्थित प्रस्याङ्गमा रहेको कवाडी सामान गाेदाम स्थलमा आगलागी भएको छ।

मनिस स्क्राप नाम गरेको सो गोदाममा बेलुका पौनै नौ बजे आगलागी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको छ।

घटना स्थलमा ४ वटा दमकल, २०० जना नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि खटिएका थिए। १४ ट्याकंर पानीको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र गुरुङ्गले जानकारी दिए।

सो मनिस स्क्राप सन्तोष कुमार र सञ्जय प्रसाद जैसवाल दाजुभाईले सञ्‍चालन गरेका थिए। उनीहरु खाना खान बाहिर गएको बेलामा आगो लागेको जनाइएको छ। आगोलागीबाट प्रारम्भिक रुपमा झण्डै १२ लाखको क्षति भएको प्रहरीले जानकारी दिएको छ। घटनाबाट मानवीय क्षति भएको छैन।

समयमा प्रहरी र दमकल घटनास्थलमा पुगेकोले वरिपरिका घरहरु पनि आगलागी हुन बाट जोगिएकाे वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी नवीन कार्कीले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ