नेगम परियार, मनाङ । जिल्ला प्रहरी कार्यालय चामे मनाङले गाँजा नष्ट तथा फडानी कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाका विभिन्न स्थानमा उम्रिएका तथा संरक्षण गरिएका गाँजाका बोटहरु पुर्ण रुपमा फडानी गरि नष्ट गरेको छ ।
जिल्ला भरी नै यो अभियान सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए । चार वटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकामा गाँजा फडानी तथा नष्ट कार्यक्रमको लागि सिमा प्रहरी चौकी हुम्डे, चामे गाउँपालिकाको लागि जिल्ला प्रहरी कार्यालय चामे, नाशोङ गाउँपालिका ३ धारापानी आसपासका क्षेत्रहरुको लागि सिमा प्रहरी चौकी धारापानी र तालगाउँको लागि प्रहरी चौकी तालका प्रहरी स्थानीयवासी खटिए ।
त्यस्तै, नार्पाभुमि गाउँपालिकामा पनि सोहि स्थानको प्रहरी चौकीका प्रहरी तथा स्थानीहरुद्वारा गाँजा फँडानी तथा नष्ट गरिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडांैको आदेशमा देशै भरी गाँजा फडानी तथा नष्ट अभियान सञ्चालन गरिएकोले मनाङ जिल्लामा पनि यस अभियानलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी निरिक्षक बिनोद श्रेष्ठले जनाए ।
मनाङ जिल्लामा हरेक गाउँ गाउँमा १५-१५ दिनको अन्तरमा यस अभियानलाई निरन्तरता दिने गरेको प्रहरी निरिक्षक श्रेष्ठले बताए । मनाङमा गाँजा फडाँनी तथा नष्ट पार्ने कार्यक्रम असार बाटै सुरु गरिएको हो ।

सम्बन्धित खबर
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर