सुन्दरकुमार थकाली, मुस्ताङ । मुक्तिनाथ बृहत्तर बिकास गुरुयोजना मार्फत मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथको मुहार फिर्ने भएको छ । जसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गुरुयोजना तयार पारेको छ ।
स्थानीय स्तरमा गुरुयोजनाको डिजाईन खाका प्रस्तुत गर्ने तथा जनआकाँक्षा बुझ्ने उद्देश्यले मन्त्रालय तथा पुरातत्व विभागको टोलि सोमबार मुस्ताङ आएको हो ।टोलिमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेल,पर्यटन बिभागका सचिन्द्रकुमार यादव र गणेश पौडेल तथा पुरातत्व बिभागका ईन्जिनीयर प्रज्वल बज्राचार्य छन् । टोलिले सोमबार जोमसोममा सरोकारवाला संग अन्तरक्रियाँँ गरेको छ ।मुक्तिनाथ बिकास समितिका अध्यक्ष प्रजिअ शिशिर पौडेलको अध्यक्षतामा बसेको बैठकले गुरुयोजनालाई शीघ्र कार्यान्वयन प्रक्रियामा लैजान मन्त्रालयको टोलिलाई अनुरोध गरेको छ ।
पुरातत्व बिभागका ईन्जिनीयर प्रज्वल बज्राचार्यले सो अवसरमा मुुक्तिनाथ गुरुयोजनाको बिस्तृत डिजाईन खाका प्रस्तुत गरे ।वारागुङ,घरपझोङ र थासाङ गाउँपालिकाका स्थानीय जनप्रतिनिधि , मुक्तिनाथक्षेत्र बिकास समितिका पदाधिकारी ,मन्दिरका पुजारी र आनी लगायत स्थानीयवासी सम्मिलित बैठकले मन्त्रालयले तयार गरेको गुरुयोजनाको नमूनाखाका स्वागतयोग्य भएको बताएका छन् । उनीहरुले गुरुयोजनामा छुटेका थप बिषयमा समेत मन्त्रालयको टोलिलाई अवगत गराएको छ ।त्यस्तै, मुक्तिनाथ गुरुयोजना सम्वन्धि बसेको बैठकले गुरुयोजना कार्यान्वय पूर्व मुक्तिनाथ बिकास समितिको चालु कोष मार्फत खर्च हुँनेगरी तत्काल ६ बुँदै भौतिक बिकासकार्यलाई प्राथमिकता लिएर अघि बढाउने निर्णय गरेको छ ।
गुरुयोजना पूर्व भक्तजनलाई सहज हुनेगरी मन्दिर परिसरलाई फराकिलो बनाउन आनी बस्ने घरलाई नरसिंह गुम्बा बनाउने,त्यसको पूर्व तर्फबाट बाटो ल्याउने , बाढीले बगाएको कागबेनीलाई पिण्ड स्थल(श्राद्ध स्थल)को रुपमा प्राविधिक डिजाईन अनुसार निर्माण गर्ने जनाएको छ ।तीर्थालु भक्तजन र यात्रु महानुभावको सुविधा र सौन्दर्यकरणका लागि रानीपौवाको गेट देखि मु्क्तिनाथ गेटसम्म लिफ्ट –बिद्युत भ¥याङ राख्ने,रानीपौवा बजारलाई पिसिसी ढलान र कागबेनी देखि रानीपौवासम्म जिप पार्क सम्म डेलिनेटर लाईट जडान गर्ने,पर्यटन विभाग÷मन्त्रालयले र पुरातत्वले तयार गरेको विगतको गुरुयोजनालाई समेत अध्ययनगरी थप परिमार्जन गर्न एकआपसमा समन्वयगरी मुल गुरुयोजना बनाउन पर्यटन मन्त्रालयलाई अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

त्यस्तै, पर्यटन मन्त्रालयले बिनियोजन गरेको एक करोड रुपैया र गण्डकी प्रदेश सरकारबाट प्राप्त ४० लाख आर्थिक सहयोग मुक्तिनाथक्षेत्र बिकास समितिलाई हस्तान्तरण गर्ने ,मुक्तिनाथ मन्दिर क्षेत्र भित्र रहेको करिव ५ सय रोपनी जग्गा एकिनगरी पर्खाल निर्माण गरिने निर्णय जनाईएको छ । मुक्तिनाथक्षेत्र वरपर अबदेखि कुनै पनि पूर्वाधार निर्माण गर्दा मुक्तिनाथ बिकास समितिको अनुमति लिनुपर्ने निर्णय भएको छ ।
मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेलले संंस्कृति संरक्षणको पाटोलाई समेटेर मुक्तिनाथको संम्पूर्ण संरचनालाई व्यवस्थित गर्दे लैजाने जानकारी दिए । गुरुयोजना मार्फत एकद्धार प्रणालीबाट लैजाने मुलभुत आसयका साथ टोलि मुस्ताङ आएको उपसचिव भुर्तेलको भनाई छ ।प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले मुक्तिनाथ गुरुयोजना कार्यान्वयन भएमा मुक्तिनाथको उचाई बिश्वभर फैलिने दावी गरे ।उनले मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीको साझा तिर्थस्थल भएकाले लामो समयदेखि मुक्तिनाथको बृहत बिकास हुननसकेको उल्लेख गरे ।पर्यटन मन्त्रालय र पुरातत्व विभागले गुरुयोजना मार्फत यि सबैकुरालाई समेटेर अघि बढ्ने विश्वास लिए ।
गण्डकी प्रदेश सभासद महेन्द्रबहादुर थकालीले मुक्तिनाथ गुरुयोजना लागु भए जिल्लाकै धार्मिक पर्यटन बृद्धि हुने जनाए ।त्यस्तै मुक्तिनाथक्षेत्र बिकास समितिका अध्यक्ष समेत रहेका प्रजिअ शिशिर पौडेलले मुक्तिनाथ गुरुयोजना कार्यान्वयन पूर्व तत्काल ६ बुँदे भौतिक बिकासमा जोड दिने सहमती भएको बताए ।
यसअघि २०७० सालमा मुक्तिनाथक्षेत्र बिकास समिति र पुरातत्व विभागले करिरव २२ लाख खर्चिएर मुक्तिनाथ गुरुयोजना तयार गरेको थियो ।तर उक्त गुरुयोजना कार्यान्वयनमै आउन सकेन ।पुरानो गुरुयोजना कार्यान्वयन नभएपछि पर्यटन मन्त्रालयले बृहत मुक्तिनाथ बिकास गुरुयोजनाको अवधारणा अघि ल्याएको हो ।मुक्तिनाथक्षेत्र बिकास समितिमा हाल करिव ४ करोड रुपैया भन्दा बेसी आर्थिक मौज्याद रहेको छ ।
सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले