किरण श्रेष्ठ, तनहुँ । नेपाल मगर युवा समन्वय जिल्ला समिति तनहुँको आयोजनामा तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ विपी बनाबाटिका दमौलीमा भएको प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कपको उपाधि नव युवा क्लब भादगाउँले जितेको छ । सोमबार भएको फाइनल खेलमा केएमसिटि दमौली लाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउदै नव युवा क्लब भादगाउँले उपाधि हात पारेको हो । यसै संगै नव युवा क्लब भादगाउँले धेरै पछी उपाधि जित्न सफल भएको छ ।

गत भाद्र ११ गतेदेखि १८ गते सोमबार सम्म सन्चालित फुटबल प्रतियोगितामा हजारौं दर्शकको उपस्थिति माझ अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । फाइनल खेल निक्कै प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिम बाट खेलको पुरै समयमा गोल हुन नसके पछी ट्राइबेकरमा नव युवा क्लब भादगाउँले उपाधि जित्न सफल भएको छ । प्रतियोगीताको विजेताले ७७ हजार र उपबिजेताले ४० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । खेलाडिहरु लाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, क्लबका अध्यक्ष बादल आले र सिद्धान्त थापा मगर लगायतले पुरस्कार बितरण गरेका थिए ।

सो अवसरमा सहयोगीहरू लाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट खेलाडी शुक्लागण्डकीका कृष्ण राना, उत्कृष्ट गोलरक्षक न्यु जेनेरेसन युवा क्लबका राम रानाभाट, हाइ स्कोरर थर्पु युवा क्लबका अनन्त दुरा र खैरेनिटार युवा क्लब र फ्रेन्स युनियन क्लब दुम्सिचौर अनुशासित टिम घोषित भएका छन । पुर्व महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रि तथा पुर्व नेपाल मगर संघ केन्द्रिय अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको स्मृतिमा नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँले प्रतियोगीताको आयोजना गरेको हो । त्यसैगरि स्व. तुला बहादुर चुमि मगरको सम्झानामा श्रीमती माया चुमी मगरद्वारा उत्कृष्ट खेलाडी लाइ नगद ११ हजार १ सय ११ सहित ट्रफी र हाइ स्कोरर लाई नगद ७ हजार ७ सय ७७ सहित ट्रफी सहयोग गरिएको थियो ।
उक्त प्रतियोगिताको उद्घाटन सांसद कृष्ण कुमार श्रेष्ठ किसानले गरेका थिए । गण्डकी प्रदेश तथा जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव, परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष बादल आलेको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । उक्त अवसरमा प्रमुख अतिथि न्यापानेले स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तर सम्म चिनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए । खेल मैदान निर्माणमा व्यास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए ।
आदिवासी तथा जनजातिको लागि मात्रै नभई पछाडी परेका सम्पूर्ण नेपालीको हकहितको लागि उल्लेखनीय योगदान पुर्याएकोले संघले नेपाल मै पहिलो पटक खपाङ्गीको स्मृतिमा उक्त प्रतियोगिता गरिएको हो । नेपाली समाजमा युगौ देखि दमनमा पारिएका तथा शोषित आदिवासी पीडित भूमिपुत्र जनजातिलाई निद्राको अवस्थाबाट जागरुक बनाउन तथा दासताबाट उन्मुक्तिका बाटोमा डोराउन सदैव अग्रणी भूमिका खेलेका गोरे बहादुर खपाङ्गीको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

२००३ सालमा जन्मेका गोरे बहादुर खपाङ्गी मगरको दुइ वर्ष अघि मृत्यु भएको थियो । गोरे बहादुर खपाङ्गी मगरको योगदानको कदर गर्दै तनहुँ र तनहुँका फुटबल खेलाडीहरु लाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउनुका साथै युवाहरुको कला, प्रतिभा प्रस्फुटन गराई खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यका प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँका अध्यक्ष बादल आलेले बताए । त्यस्तै खेलको माध्यम बाट एकआपसमा सुमधुर सम्बन्ध विस्तार गरि मित्रताको भावना विकास गर्न समेत प्रतियोगिता गरिएको आलेले जानकारी दिए ।
यो पनि पढ्नुहोस :
दमौलीमा ७७ हजार राशिको प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कप सोमबार बाट सुरु हुदै
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते