ओभरटेक गर्दा पोखरा माइक्रो बसको ब्रेक नलागेपछि …

ओभरटेक गर्दा पोखरा माइक्रो बसको ब्रेक नलागेपछि …

1

गण्डक न्युज, पोखरा । तीब्र गतिमा बस चलाउने चालकहरुले सावधानी अपनाउन जरुरी देखिएको छ । पोखरा उपत्यकामा चल्ने स्थानीय बसका चालकहरु ओभर स्पिडमा गुडाउने गुनासो आइरहँदा आज ठूलो दुर्घटना टरेको छ ।

पोखरा सिर्जनाचोकतिरबाट रत्नचोक तर्फ अघि बढिरहेको पोखरा माइक्रो बस ब्रेक नलागेर सडकको फुटपाथतिर ठोक्किन पुगेको हो । एक पैदलयात्री सामान्य घाईते भएका छन् । ग १ ख ७०४० नं. को उक्त बस तीब्र गतिमा गुडिरहेको र ट्याक्सीलाई ओभरटेक गरेपछि आफ्नो साइड लिने क्रममा अनियन्त्रित भएको प्रत्यक्षदर्शीले बताए ।

दिउँसो पौनै ३ बजे भएको सो दुर्घटनामा भाग्यवश अरु क्षति हुन पाएन । व्यस्त सडक भएपनि उक्त समय नजिकै अन्य सवारी नहुँदा क्षति टरेको हो । चालकले ब्रेक लगाउने प्रयास गर्दा समेत झण्डै २० मिटर बस घिसारिएको सडकमा टायरको दागले देख्न सकिन्छ ।

फुटपाथमा पैदलयात्री कम हुनु र सडक पनि खाली भएकै कारण दुःखद घटना टरेपछि बसका यात्रुहरु सन्तोषको श्वास फेर्दै थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ