‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ भदौ २० गते

‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ भदौ २० गते

Third-Eye

गण्डक न्युज, पोखरा । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै एजुकेशन फेयर हुने भएको छ । पोखराको चिप्लेढुङ्गामा रहेको थर्ड आइ एजुकेशनले आफ्नै सेमिनार हलमा यही भदौ २० गते बुधबार ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्दैछ ।

फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने थर्ड आईका सञ्चालक प्रकाश गैह्रेले जानकारी दिए । अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तित नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइने भएकाले फेयर महत्वपूर्ण रहेको उनको भनाई छ ।

https://www.facebook.com/Pkrthirdeye/videos/568904756864664/

‘एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिन पाइने भएकाले फेयर उपलब्धिपूर्ण हुनेछ,’ गैह्रेले भने, ‘फेयरमा पोखरा तथा आसपासका ति विद्यार्थीहरु, जसले अष्ट्रेलिया गई पढ्न चाहन्छन्, उनीहरुको उत्साहजनक सहभागिता रहने विश्वास छ ।’

‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ बारे सञ्चालक प्रकाश गैह्रेसँगको कुराकानीको सार ।

‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्नुको उद्देश्य के हो ?

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी धेरै मेला तथा महोत्सव आयोजना भएका छन् । हामीले अन्य फेयर भन्दा फरक शैलीमा आफ्नै कार्यालयमा फेयर आयोजना गरेका छौं । पोखराको चिप्लेढुङगामा ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण परामर्श प्रदान गर्नु नै फेयरको मुख्य उद्देश्य हो ।

फेयरमा कतिवटा कलेज तथा युनिभर्सिटी सहभागी हुन्छन् ?

फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् । अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेहुँदा फेयर विद्यार्थीका लागि उपलब्धीपूर्ण रहनेछ । अष्ट्रेलियाका राम्रा प्राय सहरको प्रतिनिधित्व पनि रहनेछ । कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विद्यार्थीले त्यहाँको वास्तविक शैक्षिक अवस्था तथा भविश्यका बारेमा जानकारी लिन सक्नेछन् ।

फेयरमा विद्यार्थी किन सहभागी हुने ?

एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिन पाइने भएकाले फेयरमा विद्यार्थीहरुको उपस्थिति बाक्लो हुने हामीले विश्वास गरेका छौं । अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तित नीति, नियम, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइनेछ । त्यहाँको हावापानीको बारेमा पनि जानकारी प्रदान गरिनेछ । एउटै थलोमा धेरै प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सही परामर्श लिनका लागि विद्यार्थी फेयरमा सहभागी हुनेछन् । गण्डकी प्रदेश टार्गेट गरेर नै शैक्षिक मेला गर्दैछौं । मेलामा एक हजार विद्यार्थीले प्रत्यक्ष रुपमा लाभान्वित गर्छ भन्ने अपेक्षा गरिएको छ ।

मेलाका आकर्षणहरु भन्नुपर्दा के-के पर्छन् ?

मुख्य त छात्रबृत्ति नै हो । त्योसँगै आइएलटीएस क्लाससँग सम्बन्धित कुरा पनि जानकार लिन सकिनेछ । मुख्य भिजिटरलाई अर्ली वड रजिष्टे«शन भनेर राखेका छौं । मेला हेर्न आउने भिजिटरलाई गोला प्रथाद्धारा एउटा स्मार्ट फोनको व्यवस्था गरेका छौं । प्लस टु पास गरेको र स्नातक पढ्दै गरेका विद्यार्थीनै मेलामा आउनुहुनेछ । १५ भन्दा बढी अष्ट्रेलियन युर्निभसिटीका प्रतिनिधि रहनेछ । यहाँ आएर उहाँहरुले त्यहाँको शिक्षाको सिस्टम, छात्रबृत्ति, वातावरण, रोजगारको बारेमा जानकारी दिनुहुनेछ ।

थर्ड आईका विशेषताहरु के–के छन् ?

विगत १२ वर्षदेखि हामीले शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेका छौं । पोखरामा प्रधान कार्यालय रहेको थर्ड आईले धेरै विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल छ । हामीसँग दक्ष तथा अनुभवी काउन्सेलर हुनुहुन्छ । अष्ट्रेलियाको परिवर्तित नीति नियमहरुसँग सधैं अपडेट हुँदै विद्यार्थीलाई पनि त्यसबारेमा जानकारी गराउन हामी सफल छौं । सत्य तथ्य परामर्शका लागि आकर्षक गन्तव्य बन्न थर्ड आई सफल बनेको छ ।

मेला र अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई तपाईको के सुझाव छ ?

पहिले भन्दा अहिले अवस्था फरक छ । अनलाइनबाटै विभिन्न कन्सल्टेन्सीको बारेमा जानकार लिन सकिन्छ । त्यहाँको बारेमा राम्रोसँग बुझेर, त्यहाँको वातावरण, वस्ने अवस्थाको बारेमा बुझ्नुपर्छ । यो बाहेक थर्ड आइ एजुकेसनमा आउनुभयो भने, डाइरेक्ट युनिर्भ्सिटीका प्रतिनिधिहरुसँग पनि अन्तक्रिया गर्न सक्नुहुनेछ । यो एउटा विशेष सुविधा पनि हो ।

अन्त्यमा, के भन्नुहुन्छ ?

थर्डआईबाट परामर्श लिएर अष्ट्रेलिया पुगेका विद्यार्थीबाट हामीले सकरात्मक प्रतिक्रिया पाएका छौं । हामी मार्फत जाने विद्यार्थीले आफ्ना साथीभाई तथा आफन्तलाई पनि हामीमार्फत जान सल्लाह दिने गरेको हामीले पाएका छौ । थर्डआईले प्राप्त गरेको विश्वास तथा विद्यार्थीको मायाबाट हामी उत्साही छौं । हामीले आयोजना गरेको फेयरमा पनि विद्यार्थीहरुको आकर्षण राम्रो देखिनेमा हामी ढुक्क छौं ।

https://www.facebook.com/Pkrthirdeye/videos/1055725907927824/

https://www.facebook.com/Pkrthirdeye/videos/1918337658224325/

https://www.facebook.com/Pkrthirdeye/videos/1044912692348752/

https://www.facebook.com/Pkrthirdeye/videos/476238872893560/

https://www.facebook.com/Pkrthirdeye/videos/280512962676928/

https://www.facebook.com/Pkrthirdeye/videos/236081130440834/

https://www.facebook.com/Pkrthirdeye/videos/681475325559259/

https://www.facebook.com/Pkrthirdeye/videos/314900195942737/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ