तनहुँको आँबुखैरेनीबाट ७२ थान अबैध लागुऔषध सहित ३ जना पक्राउ

तनहुँको आँबुखैरेनीबाट ७२ थान अबैध लागुऔषध सहित ३ जना पक्राउ

तनहुँ । प्रहरीले तनहुँको आँबुखैरेनीबाट अबैध लागुऔषध सहित ३ जना लाइ शुक्रबार पक्राउ गरेको छ । शुक्रबार बिहान आँबुखैरेनी गाँउपालिका वडा नं. ३ स्थित आँबुखैरेनी चोक बजारबाट चेकिङ् प्रहरीले लागु औषध सहित ३ जना युवा लाई पक्राउ गरेको हो । प्रहरीले डाईजेपाम थान २४, नुफिन थान २४, फेनारगन थान २४ गरी जम्मा ७२ थान लागु औषध सहित उनीहरु लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा आँबुखैरेनी २ बस्ने बर्ष २४ को आशिष रामदाम, बन्दीपुर गाउँपालिका वडा नं.४ सानोडुम्रे बस्ने बर्ष २० को संगम सिंह थापा र बन्दीपुर गाउँपालिका वडा नं. ४ सानोडुम्रे बस्ने बर्ष २० को अनिश थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए । उनीहरु लाई कानुनी रित पुर्वक पक्राउ गरी लागु औषध मुद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ