ईजाजत प्राप्त नभएको मेडिकल संचालन गर्ने गोरखाकी एक महिला अबैध लागुऔषध सहित पक्राउ

ईजाजत प्राप्त नभएको मेडिकल संचालन गर्ने गोरखाकी एक महिला अबैध लागुऔषध सहित पक्राउ

pakrau-crime mahila

तनहुँ । ईजाजत प्राप्त नभएको मेडिकल संचालन गर्ने गोरखाकी महिला अबैध लागु औषध सहित पक्राउ परेकी छिन । लागु औषध मुद्दामा गत  साउन ३ गते लागु औषध ट्रामाडोल ३०० थान ट्याब्लेट सहित पक्राउ परी अनुसन्धानको क्रममा रहेका प्रतिवादीहरु सुजन गुरुङ, रोनिश तामाङ र सोनाम गुरुङको बयानको आधारमा प्रहरीले गोरखा नगरपालिका वडा नं. ११ एघारकिलो बस्ने बर्ष ३७ कि तुलमाया तामाङ लाई पक्राउ गरेको हो ।

तामाङको ईजाजत प्राप्त नभएको औषधी पसलको खानतलासी लिँदा पसल भित्र ईजाजत बिना लुकाई छिपाई राखेको अवस्थामा स्पस्मो(spasmo) नामक अवैध लागु औषध १०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । लागु औषध कारोबार गर्ने तुलमाया तामाङलाई पक्राउ गरी लागु औषध मुद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ