सुन्दरकुमार थकाली, मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवातास खेल्दै गरेको खालबाट बुधबार राति करिव ४ लाख ८७ हजार रुपैया नगद बरामद गरेको जनाएको छ ।
घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङमा स्थानीय गाउँ समाजले आसन्न थाकखेलकुद प्रतियोगिताको अर्थ संङ्कलनका लागि भनेर खेलाईएको जुवातासको ठुलो २ खालबाट उक्त रकम बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए । स्याङको थकाली समाजघरको भवनमा राति खेलाईएको जुवातासको खालबाट १६ जना रङ्गेहात पक्राउ परेका हुन् ।राति अबेर सम्म जुवातास खेल्दै गर्दाको अवस्थामा पक्राउ परेका उनीहरुलाई स्थानीयवासीको रोहबरमा बिहान ८ बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा छोडिएको थियो ।प्रहरीले पक्राउ परेका १६ जनालाई बिहिबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी प्रमुख खड्काले बताए ।
प्रहरीले दिएको जानकारी अनुसार जुवातासको खालमा पक्राउ पर्नेहरुमा घरपझोङ ३ स्याङका आईतलाल थकाली,बीरप्रसाद थकाली,दिपेन्द्र थकाली र अमर थकाली छन् ।लमजुङका शङ्कर तामाङ,घरपझोङ ४ का गणेश शेरचन,ठिनी ५ का सुमन थकाली र टसी गुरुङ छन् ।त्यस्तै उक्त स्थानमा खेलाएको अर्को जुवातासको खालबाट घरपझोङ ३ स्याङका क्रमशः प्रेम थकाली, महेन्द्र्रप्रसाद थकाली,सन्तबहादुर नेपाली,मनबहादुर थकाली,टसी थकाली,फिरोज लालचन र कमल गुरुङ छन् । जुवातास खेल्दै गरेको बिशेष सुराकीका आधारमा प्रहरीले छापा मार्दा मार्फाका जेम्स हिराचन फरार भएका हुन् ।उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले समाजलाई बिकृति फैलाउने जस्ता अवान्छित गतिबिधिलाई प्रोत्साहन गर्न नसकिने उल्लेख गरे ।प्रजिअ पौडेलले पक्राउ परेका व्यक्तिहरुलाई जुवातास ऐन अनुसार कारवाही हुँने बताए । स्मरण रहोस् घरपझोङ ३ स्याङमा केही दिनअघि मुस्ताङ प्रहरीले नागरिक र प्रहरीबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भएपनि समाजले नै अटेर गरी जुवातास खेलाएको हो ।
सम्बन्धित खबर
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
पत्रकार महासंघ मुस्ताङमा सुनदेवी निर्विरोध
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो