मुक्तिक्षेत्रमा ‘यार्तुङ’ चहलपहल

मुक्तिक्षेत्रमा ‘यार्तुङ’ चहलपहल

ranipauwa
सुन्दरकुमार थकाली
मुस्ताङ,८ भदौ ।।
हिमाली जिल्ला मुस्ताङको मुक्तिक्षेत्रमा बिहिबार देखि यार्तुङ सुरु भएको छ ।ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक रुपमा मनाईने यसपर्वको गतिविधिले मुक्तिनाथ रानीपौवाको व्यापारीक चहलपहल समेत ह्वात्तै बढेको छ ।
वर्षेनी गर्मी सिजन सकिएर जाडो सुरुहुँदा हिमाली भेकका गुरुङ,बिष्ट र लोहा समुदायले अलग–अलग यो पर्व मनाउने चलनचल्ती छ । यारको अर्थ वर्षा र तुङको अर्थ घोडा दौडाउनेलाई यार्तुङ भन्ने गरिएको छ ।सदियौकाल देखि उपल्लो मुस्ताङका विष्ट र लोहा समुदाय तथा मध्यमुस्ताङका गुरुङ समुदायले विशेष रुपमा यार्तुङ पर्व मनाउने गर्दे आएका छन् ।पछिल्लो समय मुक्तिनाथको स्थानीय जनप्रिय युवाक्लवले यार्तुङ पर्वलाई महोत्सवको रुपमा रुपान्तरण गर्दे आईरहेको छ ।कलासंस्कृतिको संरक्षणका साथै पर्यटन प्रर्वधन,घरेलु खेलकुदको बिकास तथा व्यवसायिक आयआर्जनको माध्यम बनाउने उद्देश्यले क्लवले यार्तुङलाई महोत्सवलाई निरन्तरता दिदै आएको क्लवका पुर्वअध्यक्ष सुरज गुरुङले बताए ।

जनप्रिय युवाक्लव मुक्तिनाथद्धारा आयोजित यार्तुङ महोत्सव २०७५ को उद्घाटन सत्रमा बोल्दै प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले यार्तुङ महोत्सवले पर्यटन प्रर्वधन ,घरेलु खेलकुदको बिकास तथा संस्कृतिको संरक्षणमा योगदान पु¥याएको उल्लेख गरे ।उनले विश्वका द्धन्दग्रष्त देशहरु समेत खेलकुदकै माध्यमबाट आर्थिक फड्को मारेको उल्लेख गर्दे मुस्ताङकै खेलकुदप्रेमीको समसाथले सासद बन्न सकेको खुलाए ।विगतमा आफु पनि जिल्लाको खेलाडी र खेलकुद क्षेत्रमा काम गर्दे आएको स्मरण सांसद तुलाचनले घरेलु खेलकुदको बिकासले र मात्र युवाहरुको क्षमता बृद्धि हुने जनाए ।संस्कृति र सभ्यता जनजातीहरुको मौलिक पहिचान भएकाले यसलाई पछिल्लो पुस्ताहरुले समेत अनुशरण गनुपर्ने सांसद तुलाचनले सुझाए ।
प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले यार्तुङ महोत्सवले खेलकुद तथा सांस्कृतिक गतिविधिको उत्थानमा सघाउ पु¥याएको बताए ।उनले यार्तुङ महोत्सव संञ्चालनका लागि पुर्वाधारको कमि भईरहेको औल्याउदै यसलाई व्यवस्थित गर्न सबै सरोकारवालाहरुले संरचना निर्माणमा सहयोग गर्नुपर्ने बताए ।त्यस्तै,प्रजिअ शिशिर पौडेलले संस्कार र संस्कृतिले भरिपुर्ण जिल्ला मुस्ताङमा यार्तुङ पर्वका अवसरमा खेलकुद तथा सास्कृतिक गतिविधि हुनु लोभलाग्दो बिषय भएको बताए ।उनले मुक्तिक्षेत्रको परिचर्चा विश्वमाझ चुलिदै गएको अवस्थामा यसप्रकारका कार्यक्रमले धार्मिक ,सास्कृतिक र खेलकुदका माध्यमले पर्यटन प्रर्वधनमा समेत सघाउ पु¥याउने दावी गरे ।‘यार्तुङलाई भब्य र सभ्य रुपमा संञ्चालन गर्नुहोस् ।सुरक्षा प्रबन्ध हामी मिलाउछौ ।प्रजिअ पौडेलले भने ‘खेलमा हारजीतलाई शहर्ष ग्रहणगरी अघि बढ्नुहोस ।यसले समग्र मुस्ताङको भावनालाई जोड्ने पुलको काम गर्छ ।’
यार्तुङ उद्घाटन समारोहमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ,समाजसेवी छिरिङधावा गुरुङ र क्लवका पूर्वअध्यक्ष सुरज गुरुङ आदीले यार्तुङ महोत्सवको महत्वबारे बोलेका थिए ।यसअघि प्रतिनिधि सभाका सदस्य प्रेमप्रसाद तुलाचनले यार्तुङ महोत्सवको झन्डोक्तलन ,प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले यार्तुङ महोत्सवको व्यानर वाचन र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले पानसमा दिप प्रज्वलन गरी संयुक्त रुपमा महोत्सव उद्घाटन गरेका थिए ।
महोत्सवमा परम्परागत घोडा दौड प्रतियोगिता,सेभेन ए साईड फुटबल प्रतियोगिता ,परम्परागत ताराखेल संञ्चालन हुनेछन् भने साँझको समय विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम ,डान्सपार्टी तथा नेपालका ख्यातीप्राप्त कलाकारहरुको सांङ्गितीक प्रस्तुती रहने क्लवले जनाएको छ । लगातार ४ दिनसम्म संञ्चालन हुँने यार्तुङ महोत्सव आईतबार सकिने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds