मुस्ताङ,६ भदौ
सुन्दरकुमार थकाली
आर्थिक वर्ष ०७४÷०७५ अन्र्तगत मुस्ताङमा भएगरेका कार्य प्रगतिबारे एक महिने लेखा परिक्षण हुने भएको छ ।
स्थानीयतह तथा जिल्ला स्थित सरकारी निकाय आदीको लेखा परिक्षण गर्न मलेप टोलि सोमबार मुस्ताङ आएको हो ।टोलिले मंगलबारनै सदरमुकाम जोमसोममा डोर कार्यालय स्थापना गरेर लेखा परीक्षण सुरु गरेका हुन् । डोर कार्यालयले एक महिना जोमसोममा रहेर सुक्ष्म रुपमा लेखा परिक्षण गर्ने दावी गरेको छ ।
सार्वजनिक श्रोतसाधनको प्राप्ति र उपयोग,पुर्वाधार बिकास,राजस्व तथा खर्च बिवरण र विभिन्न सेवा प्रवाहका सम्वन्धमा कुनै प्रकारको दुरुपयोग तथा सम्पती हिनामिना र अनियमितताको डोरले लेखा परिक्षण गर्ने कोलेनिका प्रमुख बैकुण्ठ न्यौपानेको भनाई छ ।लेखा परीक्षणका लागि निर्देशक नारायण पराजुली,लेखा परिक्षण अधिकारीहरु टीकानाथ अर्याल,लेखबहादुर थापा र रोशन दास छन् भने,त्यस्तै,े कम्प्यूटर अपरेटरमा सुवास खनाल मुस्ताङ आएको न्यौपाने बताए ।
प्रजिअ शिशिर पौडेलको अध्यक्षतामा मंगलबार प्रशासनको हातामा भएको लेखा परिक्षण प्रक्रिया र गतिबिधि सम्वन्धमा स्थानीयतह तथा सरकारी कार्यालयका प्रमुखहरुलाई डोरले यसबारे जानकारी गराएको छ ।सो अवसरमा प्रजिअ पौडेलले सम्वन्धित बिषयगत कार्यालयहरुलाई सम्पूर्ण बिवरण पारदर्शी ढंगले लेखा परीक्षण गराई सहयोग गर्न निर्देशन दिएका छन् ।उनले,कार्यालय तथा स्थानीयतहको लेखा परिक्षण सकेपछि प्रशासनलाई जानकारी गराईदिन डोर टोलिलाई आग्रह गरे्।
त्यस्तै मलेपका निर्देशक नारायण पराजुलीले लेखा परिक्षण ऐन २०४८ र नेपालको प्रचलित कानुनले तोकेको मापदण्डमा रहेर लेखा परिक्षण गरिने जनाए ।उनले कुनै पनि सरकारी निकायको अनियमितता सम्वन्धमा जानकारी भएमा मलेपले हेर्ने र लेखा परिक्षण गर्ने भएकाले मलेपलाई सहयोग गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।‘कार्यसम्पादनका सम्वन्धमा बिमति भए जानकारी गराउनुहोस’निर्देशक पराजुलीले भने‘कार्यालयका गुनासा र सल्लाह सुझावलाई आत्मसाथ गर्द गुणस्तरिय लेखा परिक्षण गर्नेछौं ।’
मलेपले मुस्ताङका ४४ वटा सरकारी कार्यालयहरुको लेखा परिक्षण गर्नेछ ।जसमध्ये तोकिएको सिमित बजेटको चलाएमान गर्ने २१ वटा कार्यालयहरुको सक्षिप्त प्रश्नावली फर्म भर्न लगाएर ट्ुङ्ग्याउने छ भने बाँकी २३ वटा कार्यालयको बिस्तृत लेखा परीक्षण गर्ने खुलाएको छ ।संघीयता कार्यान्वय संगै स्थानीयतहको नयाँ अभ्यासका कारण साना–तिना समस्यालाई हलुका लेखा परीक्षण गर्ने लेखा अधिकारी टीकानाथ अर्यालको भनाई छ ।स्थानीयतहको एकिकृत आय–व्ययको मलेपले लेखा परिक्षण गर्ने लेखा अधिकारी अर्यालले जनाए ।उनका अनुसार जिल्लामा भएका बेरुजु फर्चोटको निक्र्योल गरेर यसबारे कार्यालय र मन्त्रालयमा पठाईने जनाए ।
जिल्लाको ५ स्थानीयतह मध्ये घरपझोङ गाउँपालिका बाहेक अन्य गाउँपालिकाले आन्तरिक लेखा परीक्षण गरेका छैनन् ।लेखा अधिकारी नहुदा आलेप लेखा परिक्षण गर्न समस्या परेको स्थानीयतहका कर्मचारीको दुखेसो छ।लेखा परिक्षण अन्तक्रियात्मक कार्यक्रममा जिसस अधिकारी केशव बिमली,प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का,घरपझोङ गाउँपालिकाका लेखा प्रमुख प्रेम केशी,कोलेनिका प्रमुख बैकुण्ठ न्यौपाने,लोमान्थाङ गाउँपालिकाको प्रशासकिय अधिकृत शुशिल अर्याल आदीले मलेपको लेखा परिक्षणबारे जिज्ञासा राखेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
पत्रकार महासंघ मुस्ताङमा सुनदेवी निर्विरोध
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो