पोखराको ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण रुपमा नयाँ स्वरुपमा देखिने छन् ।
छ दशक अघि निर्माण गरिएको अस्पतालका भवनहरु तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेका थिए । जीर्ण अवस्थाका भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले रेट्रो फिटिङ गर्ने तयारी गरेको हो । त्यसको लागि स्वास्थ्य मन्त्रालय मार्फत बेलायती संस्था डिएफआईडी (डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट) ले मर्मत सम्भार गरिदिने छ । मन्त्रालयले त्यसको लागि आवश्यक टेण्डर प्रक्रियामा लगिसकेको छ ।
टेण्डरको फाईनल प्रक्रिया भने टुंगिसकेको छैन । तर भवनको नयाँ स्वरुपको स्केच भने शनिबार मात्रै सार्वजनिक गरिएको छ । भएका पुराना भवनलाई मर्मतसँगै दुईवटा भवन नयाँ थपिने छ । विरामी तथा सर्वसाधारणको लागि क्यान्टिन तथा अस्पतालको लाईब्रेरी निर्माण गरिने छ । ६८ करोड अनुमानित गरिएको बजेट बढेर पुग्ने अनुमान समेत गरिएको छ । अस्पतालकै केही कर्मचारीले भने पुरानो भवनलाई रेट्रो फिटिङ भन्दा नयाँ भवन नै निर्माण गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
डिएफआईडीले भने नयाँ भवनमा नभई पुरानो जीर्ण भवनलाई मर्मत सम्भारमा खर्च गर्ने अस्पताल प्रशासनले उल्लेख गरेको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले अस्पतालको आवश्यक स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयले टेण्डर प्रक्रियामा लैजाने तयारी गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘पटक पटक चेकजाँच गरेपछि मात्रै फाईनल रिपोर्ट तयार गरिएको हो ।’
उनले भने–फाईनल रिपोर्ट पेश भएपछि मन्त्रालयले टेण्डरको लागि अगाडि बढाएको छ ।’ं मर्मत सम्भार गर्न नेपाल हेल्थ सेक्टर सर्पोट प्रोग्राम (एनएचएसएसपी)सँग गरिसकिएको छ । मर्मत सम्भार आवश्यक दुई संस्थाबीच सम्झौता भईसकेको छ । अस्पताल भवन मर्मत सम्भारको लागि मन्त्रालयको रेडबुकमा परिसकेको छ । ‘हामीले यहाँबाट केही पनि गर्दैनौ । सबै केन्द्रबाट नै सम्झौता भई काम अगाडि बढेको छ ।’ प्रतिष्ठानका निर्देशक डा. आचार्यले भने ‘जस अपजस सबै केन्द्रले नै लिन्छ । हामीले केवल भवन उपलब्ध गराईदिएका हौं ।’
स्वास्थ्य मन्त्रालय, डिएफआईडी र नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोगाम नामक संस्थाले ५-७ पटक चेकजाँच गरेपछि मात्रै फाईनल रिपोर्ट तयार गरिएको उनले जानकारी दिए । उनले प्रक्रिया नै ढिलो भएकोले टेण्डर प्रक्रिया पनि ढिलो भएको स्पष्ट पारे । ‘फाईनल रिपोर्ट बुझाईसकेको भए अहिलेसम्म टेण्डर भईसक्थ्यो ।’ उनले भने–‘तर प्रक्रिया ढिलो भएकोले टेण्डर प्रक्रिया भने दुईमहिना भन्दा बढी ढिलो हुन पुग्यो ।’
५ सय शैथ्याको दरबन्दीसहितको अस्पताल भएपनि अहिले केवल ३५१ शैथ्या क्षमतामा मात्रै सञ्चालित छ । रेट्रो फिटिङको लागि आउने बजेटले नयाँ बनाइएको अवस्थामा १ हजार बेड क्षमताको अस्पताल सञ्चालन गर्न सकिने कर्मचारीहरु बताउँछन् ।
‘केन्द्रबाटै सबै काम हुन्छ ।’ उनले भने–‘टेण्डर निकाल्नेदेखि आफै आएर काम उनीहरुले नै गर्छन् ।’ रेट्रो फिटिङले पुरानो भवन नयाँ भवनजस्तै बलियो हुने सम्बन्धीत निकायले भनेको निर्देशक डा.आचार्यको भनाई थियो । २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पले पुराना भवनलाई कमजोर बनाईदिएको छ ।
अस्पतालकै पुरानो संरचनामा स्वास्थ्य सेवा यथावत छ । २०१२ सालमा स्व.बीरसिंह गुरुङले सोल्जर्स बोर्ड अस्पतालको रुपमा शुरुवात गरे । २०१९ सालमा जिल्ला अस्पतालमा रुपान्तरण भयो । २०३२ सालमा अञ्चल अस्पताको रुपमा परिणत हुन पुग्यो । क्षेत्रीय अस्पतालको रुपमा रुपान्तरण हुदैं १६ जिल्लाको मुख्य अस्पतालको रुपमा परिचित भएको थियो ।
२०७१ सालमा अस्पतालमा पाँचसय बेड क्षमताको स्वीकृति प्राप्त भएको थियो । तर अहिले ३ सय ५१ बेड मात्रै सञ्चालित छ । २०७२ सालमा क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । अस्पताल परिसरमा सुत्केरी तथा शिशुको लागि छुट्टै ब्लक निर्माणाधिन छ ।
सम्बन्धित खबर
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर