तनहुँ । क्षेत्रिय हाेटल सँघ डुम्रे बजार इकाइकाे १३ अाैँ वार्षिक साधारणसभा शनिवार डुम्रेमा सम्पन्न भएको छ । इकाईका सभापति बासुदेव अधिकारीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि क्षेत्रिय हाेटल सँघ तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ रहेका थिए । साधारणसभाकाे उद्घाटन गर्दै श्रेष्ठले सम्पूर्ण हाेटल व्यवसायी एकजुट भएर लाग्न अनुरोध गरेका छन् । “हामी एकजुट भयौं भने हाम्रो सँघ बलियो हुन्छ” श्रेष्ठले भने, तनहुँमा हाेटल ब्यबसायिकाे हक हित र अधिकारकाे लागि लड्ने एकमात्र सँस्था क्षेत्रीय हाेटल सँघ मात्रै भएको दाबि गरे समेत उनले गरे ।

“बिचमा काेहि ब्यबसायि भ्रममा परेर कुर्चिकाे पछि लागेर सँघ छाेडेर गएको र उनिहरूकाे पछि कोहि कोहि व्यवसायिहरू लागेको भए पनि अहिले उनिहरू मुल घर क्षेत्रीय हाेटल सँघमै फर्केर अाउन थालेको श्रेष्ठको भनाइ थियोे ।कार्यक्रममा निवर्तमान अध्यक्ष गणेशकुमार श्रेष्ठ, जिवन शाही, राम जाेशि, सचिव बिकास खनाल, डुम्रे माछा मासु ब्यवसायि समितिका अध्यक्ष राजु खड्कि, लालकुमार श्रेष्ठ, बेनिबहादुर थापा, महेन्द्र माेहन भट्टराई, प्रहरी निरिक्षक निरज डाँगि, भक्त गुरूङ लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

इकाईका कोषाध्यक्ष सराेज श्रेष्ठले कोषाध्यक्षकाे प्रतिवेदन पेश गरेको उक्त कार्यक्रममा सचिव सन्ताेष थापाले सचिवकाे प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र खड्काले र सन्चालन सुनिता थापाले गरेका थिए । साे अवसरमा विभिन्न ब्यक्तिहरूलाइ सम्मान गर्नुका साथै मायाँकाे चिनाे प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते