तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ७ स्थित गत २०७४ भाद्र १६ गते राति सोहि स्थान बस्ने बर्ष २५ को चुन बहादुर गुरुङ, बर्ष ३० को चिमानसिंह गुरुङ र बर्ष २९ को बिजय क्षेत्रीलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई फरार रहेको प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय तनहुले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका साबिक वडा नं. ११ हालको वडा नं. ४ बस्ने बर्ष विशाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख शिद्धी बिक्रम शाह बताए । उक्त घटनामा सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेतको समुहले ज्यान मर्ने प्रयास गरेका थिए । घटनामा तुलसा गुरुङको जाहेरीले बादी नेपाल सरकार र प्रतिबादी सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ लाइ ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिबादी बिशाल श्रेष्ठलाई विहिबार ११ महिना पछी तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठलाई ब्यास नगरपालिका वडा नं. ४ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी आबश्यक कार्बाहीको लागि जिल्ला अदातल तनहुँमा पेश गरिएकोमा अदातलबाट काम नभ्याईएकोले फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते