तनहुँ । बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँको बेलभञ्ज्याङमा १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ५४९१ नम्बरको बस र रौतहट बाट पोखरा आउदै गरेको ना ६ ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको बन्दीपुर गाउपलिका वडा नम्बर १ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।
गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते हुनेमा खोटाङको इन्द्रेणीपोखरी गाउपालिका वडा नम्बर ९ बस्ने वर्ष ३५ को सुवास राई, व्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १६ की सोनु दरै, व्यास नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १४ की ड्रिमा दाहाल, लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ बस्ने वर्ष १६ की अमृता गुरुङ र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २४ की भृकुटी कुवर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार पछी घर फर्किसकेको प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार रहेको छ । चालकको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते