विप्लव नेतृत्वको नेकपाको बन्द : तनहुँको छिर्कनेमा बिस्फोट, म्याग्देको बडहरेमा नक्कली प्रेसरकुकर बम भेटियो

विप्लव नेतृत्वको नेकपाको बन्द : तनहुँको छिर्कनेमा बिस्फोट, म्याग्देको बडहरेमा नक्कली प्रेसरकुकर बम भेटियो

nakkali bomb

तनहुँ । नेत्र विक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीले आज मंगलबार नेपाल बन्दको घोषणा गरेको हो । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । बन्दले तनहुँको जनजीवन सामान्य प्रभावित भएको थियो । मंगलबार सडकमा निजी तथा सार्वजनिक यातायातका साधन अन्य दिन भन्दा कम गुडिरहेका थिए । त्यस्तै सदरमुकाम दमौलीका बिहानी कलेज र दिउसो विद्यालयमा पढाइ भएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका क्रममा तनहुँमा एक ठाउँमा विस्फोटक पदार्थ विस्फोट र अर्को ठाउँमा नक्कली प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान ९ बजेको समयमा व्यास ११ स्थित छिर्कने नजिक विस्फोटक पदार्थ विस्फोट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विस्फोटबाट कुनैपनि क्षति नभएको प्रहरी जनाएको छ । त्यसैगरी दमौली-पोखरा सडक खण्ड अन्तरगत म्याग्दे गाउँपालिकाको बडहरे स्थित पृथ्वीराजमार्गमा नक्कली प्रेस कुकर बम भेटिएको छ ।

तनहुँको दमौली बजार

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई जना व्यक्तिले उक्त बम राजमार्गमा छाडेर गएका थिए । राजमार्गमा प्रेसर कुकुर बम छाडिएको जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थलमा खटिएको थियो । उक्त प्रेसरकुकर बम नक्कली भएको तनहुँ प्रहरी जनाएको  छ । प्रेसर कुकर भित्र माटो राखेर भयभित बनाइएको समेत प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ भयभित पार्ने राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख शिद्धि विक्रम शाहले बताए ।

बन्द अवधिभर जिल्लामा कुनै अप्रिय घटना नभएको समेत प्रहरी प्रमुख शाहले जानकारी दिए । बन्दको सामान्य असर रहेको तनहुँको दमौली बजार भने सुनसान रहेको थियो । नक्कली प्रेसरकुकर बम र विस्फोटक पदार्थ विस्फोटको भएको विषयमा अनुसन्धान भैरहेको तनहुँका प्रहरी प्रमुख शिद्धि विक्रम शाहले जानकारी दिए । फोटो : विकास खनाल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds