गुरुङ समुदायको ट्होँटे पर्व मंगलबार पोखरामा धुमधामसँग मनाए । ट्होँटे पर्वको अवसरमा पोखरामा निकालिएको झाँकीसहितको र्यालीका सहभागीहरू । तस्विरः सञ्जय शाक्य
गुरुङ जातिको परम्परागत ‘ट्होत्हे’ पूजा
इन्द्र गुरुङ
विश्वमा एउटै जाति, भाषा, धर्म, संस्कार र संस्कृति भएको राष्ट्र सायदै छ। हाम्रो देश नेपालमा पनि सदियौं वर्षदेखि बहुजातीय, बहुधार्मिक र बहुसंस्कार संस्कृति मान्ने बसोबास गर्दै आएका छन्। नेपालभित्रका विभिन्न आदिबासी, जनजातिका धर्म, संस्कार, संस्कृति र रीतिथितिमा केही विवादका विषयहरू होलान्। तर इमान्दारिताका साथ भन्नुपर्दा त्यस्तो अवस्था गुरुङ जातिमा पनि छ।
जस्तैः-
गुरुङ जातिभित्रको केही विवादहरूः
क) धर्म मान्ने हकमा बर्तमान स्थितिमा लगभग ४५५ बुद्धिष्ट, ३०५ प्रकृति -बोन),२०५ हिन्दू र ५५ इसाई धर्म मान्नेहरू छन्।
ख) जात लेख्ने हकमा आधिकारिकरूपले सबैले गुरुङ नै लेखेको पाइन्छ तर कथाकथित कृत्रिम ४ र १६ जातको गन्ध हराएको छैन।
ग) विगत ५/१० वर्षयता थोरैले दसैं तिहार मान्न छाडेका छन् भने धेरैले मान्दै आएका छन्।
घ) केहीले मृतसंस्कार र ‘पै’ अर्घुगर्दा पशुंपक्षी काट्छन् भने कतिपयले काट्दैनन्।
ङ) ग्रहदशा काट्नेजस्तो पूजापाठमा कसैले पच्यू, ख्हे्ब्रे, लामा र केहीले ब्राÞमण पण्डित बोलाउँछन्।
च) कसैले पौष १५ को दिनलाई तमु ल्होछार भन्छन् भने केहीले ल्होसार भन्छन्।
छ) सङ्घसंस्थाहरू हेर्ने हो भने एकातिर तमु धीँ, अकोर्तिर तमु हृयुला छोज धीँ, तमु पेल्हु सङ्घ र तमु बौद्ध सेवा समिति आदि-आदि।

विगत ३/४ वर्ष यतादेखि गण्डकी अञ्चलको कास्की जिल्लाभित्र पर्ने निकै बाक्लो गुरुङ बस्ती रहेको पोखराका एकथरी ‘ट्होँटे’ आयोजकले विभिन्न सञ्चार माध्यमहरूमा ‘ट्होँटे’ पर्व मनाउन जाउ भनेको छ। दोस्रो थरीले ‘ट्होँटे’ खेल्न जाउ अथवा आउ भनेको छ भने थोरैले मात्र ‘ट्होँटे’ पूजामा सहभागी हुन आउनुहोस् भनेका छन। आफ्नो संस्कारको शब्दमा किन यस्तो अन्धाधुन्द बोलाई भएको होला ? सत्य, तथ्य के हो ? गुरुङ भाषा नबुझेर, बुझाउने नभएर होकि अथवा मनपरी बोल्ने बानीले हो, बुझ्न समय लाग्ला !
यस्तो बेसुरको बोलीहरू यहाँका सञ्चार माध्यममा सुन्दा निकै अचम्म लाग्छ, साथै दिक्क पनि। ‘ट्होत्हे’र ‘ट्होँटे’ दुवै गुरुङ जातिका भाषाअन्तर्गत पर्ने शब्द रहेकोमा कुनै विवाद छैन। अन्य भाषाका शब्दमा जसरी गुरुङ भाषामा पनि मिल्दोजुल्दो अर्थ लाग्ने धेरै शब्द छन्। गुरुङ भाषाभित्र पनि स्थानीय गाउँठाउँ अनुसार आ-आफ्नै लय र एक्सेन्टले बोल्ने प्रचलन हुन्छ। त्यसकारण धेरथोर फरक अर्थ लाग्ने नै हुन्छ। लमजुङ जिल्लाको अधिकांश गुरुङले बोल्ने एक-दुर्इ गुरुङ शब्द ‘ट्होँटे’ अथवा ‘ट्होत्हे’ शब्दको अर्थ उदारहणसहित प्रस्तुत गरौं।
१) ‘ह्यूला’ भन्नाले राज्य अथवा ठूलो भू-भागको क्षेत्र भन्ने बुझाउँछ।
२) ‘नांसा’ भन्नाले गाउँलाई जनाउँछ।
३) ‘ट्हो’ भन्नाले आफ्नो गाउँठाउँ र भू-भागलाई जनाउँछ।
४) ‘त्हे’ भन्नाले पूजा गर्ने जनाउँछ। जस्तै ‘मोत्हे’ भूतको नाममा गर्ने पूजा ‘पुमी त्हे’ बोक्सीको नाममा गर्ने पूजा आदि।
५) ‘टे’ भन्नाले सिऊरलाई जनाउँछ जस्तैः ‘नकटे’ कुखराको सिऊर र ‘निमीटे’ चराको सिऊर आदि।
‘ट्होत्हे’ र ‘ट्होँटे’ को आ-आफ्नो गाउँठाउँ अनुसार धेरै थोरै शब्द अर्थमा फरक भए तापनि अन्ततोगत्वाः प्राचीनकालदेखि गुरुङ जातीले पुज्दै आएको एक प्रकारको जातीय संस्कार तथा मौलिकता झल्काउने प्राकृतिक पूजा हो।
‘ट्होत्हे’ किन, कसरी र कहिले गरिन्छ ?

१) किन गरिन्छ ?
बुढापाकाको भनाइ अनुसार अन्नबाली लगाउने समयमा आकाशे पानी परोस्, खेतीबाली सप्रियोस्, खेतीबाली पाकेर भित्र्याउने समयमा हुरी बतास, असिनापानी नपरोस्, राम्ररी थन्काउन पाओस् भन्दै ‘ट्होत्हे’ पूजा गरिन्छ। साथै स्थानीयबासी र पशुपंछीमा रोगव्याधी नलागोस्, प्राकृतिक, दैवीप्रकोपबाट आपतबिपत् नआओस्, बाघ, भालुजस्ता जङगली जनावरबाट बचोस्, सर्प, बिच्छीले नडसोस्, गाउँघरबाट भूतप्रेत धपियोस् र सबै गाउँले, पशुपंक्षी र खेतीबालीको रक्षा होस् भनी हिमाल पहाड, खोला नदी, आकाश, वनजङगल, देवी देउराली र सिमी भूमिजस्ता प्रकृतिको नाममा ‘ट्होत्हे’ पूजा गरिन्छ।
२) कसरी गरिन्छ ?
गुरुङहरूले आफ्नो गाउँठाउँको प्रचलन अनुसार ‘ट्होत्हे’ पूजा विभिन्न तरीकाले गर्दै आएका छन्। लमजुङ पा“च ग“ाउ ‘हृयुला’ मा सबै गाउँले मिलेर भकिम्लो र पैंयोको रुखको हाँगा अथवा घोचाहरू काटेर गाउँको बाहिर चारै दिशामा पूर्व निर्मित (चैँदी) देउरालीको छेउमा गएर बाटोको दाया“बाया“ ६/७ फिट उचाईमा २/३ वटा भकिम्लोका घोंचा गाड्छन। केही भकिम्लोका घोचालाई ५/६ इन्चको लम्बाइमा टुक्रा बनाएर ताछ्ने र कोइला दलेर कालो बनाई ८/९ वटा टुक्रालाई २/३ इन्चको दूरीमा लामो डोरी अथवा लहरोले बांधेर माथि उल्लेख भएको बाटोको दाया“बाया“ गाडेको घोचामा तेसो पारेर झुण्ड्याउँछन्। यसरी झुण्ड्याएको सिउलीको साथ साथमा पच्यूले विधिपूर्वक तन्त्रमंत्र पढ्छन् र गाउलेले भैंसी काट्छन। त्यसपछि (चैदी) देउरालीको नजिकमा खाल्टो खनेर भैंसीको सिङ, खुट्टाको चारैवटा खुरहर हलो गाडेर माटोले पुरिन्छ। यति भइसकेपछि भैंसीको आन्द्राभुँडीभित्रको गोबर निकालेर गाउँको प्रत्येक घरधुरीमा क्रमैसँग छर्दै हिँडि्न्छ र सबै गाउँले मिलेर एकै स्वरमा हो।।हो … भनेर चर्को आवाज निकाल्दै थोत्रो टिन र फलामका भाँडा बजाउदै गाउँ परिक्रमा गर्छन्। लगत्तै भैंसीको मासु पकाएर प्रसादको रूपमा गाउँलेले खान्छन। हिजोआज अधिकांश गुरुङ गाउँमा भैंसीको सट्टा कुखुरा काट्न थालिएको छ। केही गाउँठाउँ र सहरमा पशुपंछी हत्या गर्नुहुं’दैन भनी केही नकाटी कन ‘ट्होत्हे’ पूजा गर्ने नयाँ प्रचलन पनि आएको छ।

३) कहिले गरिन्छ ?
आ-आफ्नो गाउँबस्ती र ‘हृयूला’ अनुसार केही फरक तिथिमिति र तरीकाले ‘ट्होत्हे’ पूजा गर्दै आएको छ। अधिकांश लमजुङ जिल्लाका गुरुङले ‘ट्होत्हे’ पूजा वर्षेनी कात्तिक र चैत्र महिनाको पहिलो हप्ताको म·लबार गर्छन् भने पोखरा सहरमा बस्दै आएका गुरुङ समुदायले चैत्र र श्रावण महिनाको अन्तिम हप्ताको म·लबार ‘ट्होत्हे’ पूजा गर्दै आएका छन्।
‘ट्होत्हे’ पूजा किन, कसरी र कहिले गरिन्छ भन्ने विषयमा प्रष्टस“ग माथि उल्लेख भैसकेको छ। तर पोखरा शहरभित्र मान्दै आएको ‘ट्होत्हे’ पूजा र माथि उल्लेख भइसकेको ‘ट्होत्हे’ पूजामा फरक देखिन्छ। गाउँठाउँ र समय अनुकुल पूजापाठ, संस्कार संस्कृति सबैमा धेरैथोरै फरक र परिवर्तन हुनै पर्दछ। तर, परिवर्तनको नाममा आफ्नो जातीय पहिचानको संस्कार संस्कृतिमा आ“च आउने र विकृति ल्याउनेखालको परिवर्तन भुलेर पनि गर्नु हु“दैन।
विगत १०/१५ वर्ष यतादेखि पोखराबासी गुरुङहरूले गर्दै आएको ‘ट्होत्हे’ पूजाले आफ्नो जातीय संस्कार, संस्कृति र पहिचान गुमाउन खोजेको छ। ‘ट्होत्हे’ पूजाको महत्त्व के हो भनेर प्रश्न उठ्न थालेको छ। ‘ट्होत्हे’ जस्तो विशुद्ध पवित्र पूजामा पोखरा सहरभित्र रहेको १/२ गुरुङ समाजहरूले निरन्तररूपमा आफ्नो जातिको अशुभ कार्य -पै) अर्घुगर्दा अथवा मृत संस्कारमा (हृ) अस्तु ल्याएपछि बजाउने ‘थ्होदु र छ्यला’ बजाएर ‘छ्याडु (सेरगा) नाच्दै आएको छ। यस्तो अराजक क्रियाकलापलाई आयोजक कमिटीका जिम्मेवार विद्वान दाजुभाइले बिल्कुल प्रोत्साहन दिने कार्य गर्नुहु“दैन। अन्यथा भविष्यमा गुरुङ जातिको ‘ट्होत्हे’ पूजाले गाइजात्रे ‘ट्होत्हे’ को संज्ञा नपाउँला भन्न सकिन्न। त्यसकारण आदरणीय सम्पूर्ण गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरू आगामी दिन र वर्षमा आफ्नेा पहिचान र मौलिकता झल्किने विकृतिरहित र अनुशासित ‘ट्होत्हे’ पूजा गर्ने अभ्यास बसालौं।







सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो