वारागुङ मुक्तिक्षेत्रमा भाषणकला सम्बन्धी तालिम सुरु, विद्यार्थीदेखि जनप्रतिनिधिसम्म सहभागी

वारागुङ मुक्तिक्षेत्रमा भाषणकला सम्बन्धी तालिम सुरु, विद्यार्थीदेखि जनप्रतिनिधिसम्म सहभागी

भाषण १

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,मुस्ताङमा  साउन २९ गते  देखि भाषणकला सम्बन्धि तालिम सुरु भएको छ | गाउँपालिकाको सभाहलमा संचालित उक्त तालिमको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले ब्यानर पढेर कार्यक्रम उद्धाटन गरेका थिए |

पाँच दिन सम्म संचालन हुने उक्त भाषण तथा लेखन सम्बन्धी तालिममा रेडियो,टेलिभिजन तथा स्टेजमा गरेर १५ वर्षको अनुभव बटुलेका गोबिन्द थापा सहजकर्ताको रुपमा रहेका छन् |

तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जनप्रतिनिधिलाई तालिमको लागि अन्यत्र पठाउँदा सिमितले मात्र लाभ लिन सक्ने भएकाले यो पटक गाउँपालिकामा नै कार्यक्रम आयोजना गरेको बताए |साथै यो अवसर बिरलै जुट्ने भन्दै तालिममा कर्मचारी,आमा समुह प्रतिनिधि,युवा क्लब,बाल क्लब,स्थानीय विद्यालयका शिक्षक देखि बिद्यार्थीसम्मलाई भाषण कला तालिममा सहभागी गराइएको जानकारी दिए |

त्यस्तै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले यो तालिमले सहभागीहरु सबैमा बोल्ने कला बिकास भई निर्धक्कका साथ आफ्ना कुराहरु राख्न सक्ने अपेक्षाका साथ सबैलाई सकृयता पुर्वक सहभागी भई प्लेटफर्मको भरपुर उपयोग गर्न आग्रह गरे |

साथै तालिममा सहभागीहरुले पाँच दिन सम्म संचालन हुने यो तालिमबाट आँफुहरुले लेखन तथा भाषण कला क्षमता बिकासमा दख्खल हुने अपेक्षा समेत राखेका छन् |

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds