पोखरा । वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलिले पोखराका विभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ९ महेन्द्रपुल बस्ने वर्ष ३५ को विक्रम थापा मगर, नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका १८ सुनवल बस्ने वर्ष २८ को विष्णुनाथ उपाध्याय र सोही ठाउँ घर भई पोखरा ५ जिरो किमि बस्ने वर्ष २१ की सुनिता खड्का रहेका छन् ।
गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा ५ उत्तम चोकबाट साउन २४ गते विक्रम र विष्णुनाथलाई २ सय ४५ थान लागऔषध सहित पक्राउ गरेको हो भने पोखरा ५ जिरो कि मि बाट सुनितालाई २९ थान लागूऔषध सहित पक्राउ गरेको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । पक्राउ परेका सबैजना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए ।
यसअघि, साउन २२ गते अस्थाई प्रहरी पोष्ट पथ्वीचोकबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पोखरा ९ पृथ्बीचोक स्थित दिप मःम रेष्टुरेण्टबाट कपिलबस्तुको बगुनि घर भएका वर्ष १९ को शेषकान्त थारुको साथबाट फेनरागन १८० थान, डाईजेपाम १८० थान, नुरफिन १८० थान र नाईट्रोजन ट्याबलेट ३ पत्ता समेत बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको जनाइएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो