धादिङमा साथीको एसईई परीक्षा दिने र दिन लगाउने पक्राउ

धादिङमा साथीको एसईई परीक्षा दिने र दिन लगाउने पक्राउ

milan-ghimire-bikram-gurung-fake-examininor-dhading-see_20180811072859

धादिङमा एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिइरहेका विक्रम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । दुवै परीक्षार्थी गल्छी गाउँपालिकास्थित जनकल्याण माध्यामिक विद्यालयका हुन् ।

शनिबार विज्ञान विषयको परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३‘वाइ’ सिम्वोल नम्वरका विक्रम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डम्बर बहादुर विकले जानकारी दिए ।

दुवैले शुक्रबार गणित विषयको परीक्षा दिएका थिए । शनिबार परेको विज्ञान विषयको परीक्षा दिनका लागि आफू बिरामी परेकाले साथीलाई दिन पठाएको सक्कली परीक्षार्थी मिलन घिमिरेले बताए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले हिरासतमा राखेको छ । केन्द्राध्यक्ष निर्देशिका अनुसार आफ्नो सट्टामा अरुले नै परीक्षा दिइएको खण्डमा सक्कली परीक्षार्थीलाई तत्काल परीक्षाबाट निलम्बन गरी अधिकतम २ वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दण्डित गर्न परीक्षा नियन्त्रण कार्यलयमा सिफारिस गर्नुपर्ने नियम उल्लेख छ । नक्कली परीक्षार्थीको हकमा भने जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनिक अपराध अन्तरगत कारवाही प्रक्रिया अघि बढाउने बताएको छ ।

तस्विरः मनीष दुवाडी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ