निर्वाचनको प्रतिबद्धता पुरा गर्दै सांसद किसान श्रेष्ठले दिए मन्दिर र खानेपानी समितिलाई मासिक तलब

निर्वाचनको प्रतिबद्धता पुरा गर्दै सांसद किसान श्रेष्ठले दिए मन्दिर र खानेपानी समितिलाई मासिक तलब

Kishan Mahis Talab dan 1

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो तलब बापतको रकम शनिबार एक कार्यक्रमबीच तीन वटा समितिलाई प्रदान गरेका छन् । निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार सांसद श्रेष्ठले दुई मन्दिर र एक खानेपानी उपभोक्ता समितिलाई आफ्नो मासिक तलब हस्तान्तरण गरेका हुन् ।

निर्वाचनका क्रममा आफूले पाउने पारिश्रमिक जिल्लाकै विकास निर्माणका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद श्रेष्ठले ब्यास १० स्थित सुधेरी गैह्रा खानेपानी उपभोक्ता समिति, ब्यास–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिरलाई रु ५०/५० हजारका दरले सहयोग प्रदान गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds