किरण श्रेष्ठ । नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगी वुगी सिजन–१ को टाइटल सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी छिन् ।
भर्खरै मात्र घोषणा गरिएको नतिजामा दर्शक भोटिङका आधारमा कवितालाई विजेता घोषणा गरिएको छ । तनहुँकी चेली प्रगति पुन फस्ट रनरअप बनेकी छिन् । सरोज मोक्तान सेकेण्ड रनरअप बने ।
ओपो बुगी वुगीकी विजेता कविताले नगद रु २५ लाख प्राप्त गरिन् । पोखराबाट राष्ट्रिय रुपमै चर्चित डान्स क्रिउ क्रिस्टल क्लजकी सदस्य उनको मनमोहक डान्सले धेरैको मन जितेको थियो । प्रगतिले ६ लाखमा चित्त बुझाईन् भने सेकेण्ड रनरअप सरोजले ४ लाख प्राप्त गरे ।

चैत १५ गतबाट सुरु भएको बुगी वुगी नेपालको लागि पहिलो अन्तराष्ट्रिय डान्स रियालिटी कार्यक्रम हो । भारतमा सन् १९९६ मा नावेद जाफरी र रवी भेलले पहिलोपटक सुरु गरेको कार्यक्रमको फ्रेन्चाइजमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका थिए । बूगी वूगीलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन् ।
बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए। तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए।
त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्। अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो। फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए। ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको हो।

‘नेपालका यूवा प्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँ मञ्च प्रदान गर्दै नेपाललाई सम्भावना बोकेका नयाँ कलाकार पस्कने कार्यमा सफलताले हामी निकै प्रोत्साहित छौँ । एपी वानसंगको सहकार्य मार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगी वुगी मार्फत सफलतापूर्वक हामीले देशलाई धेरै यूवा कलाकार दिन सफल भएका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘कुनैपनि कार्यक्रमको प्रायोजन गर्दा देशका यूवा पुस्ताले त्यसको प्रत्यक्ष लाभ उठाउन सकुन् भन्ने हाम्रो चाहना हुन्छ । दर्शक माझ कार्यक्रम तथा यसमा सहभागी प्रतिभाकोे बढ्दो लोकप्रियताले हाम्रो उद्देश्यमा हामी सफल भएको हामीले मानेका छौँ ।’
सम्बन्धित समाचार:
बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती लाइ गृहजिल्ला तनहुँमा भव्य स्वागत तथा सम्मान (फोटो फिचर)
बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती पुन मगर गृहजिल्ला तनहुँको दमौली आउदै
तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनलमा छनौट
सम्बन्धित खबर
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम