तनहुँ । तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर २ गुणादीमा शुक्रबार सम्पन्न भएको तेस्रो गुणादी कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजकले जितेको छ । शुक्रबार आयोजक न्यु जेनेरेशन युवा क्लव र नमुना युवा क्लब गाछेपानी विच भएको फाइनल खेलमा आयोजक ३-२ गोल अन्तरले बिजयी भएको हो ।

न्यु जेनेरेशन युवा क्लवको लागि बिमल बस्नेतले बिजयी गोल गरेका थिए । बिमल बस्नेत राष्ट्रिय खेलाडी समेत हुन । पहिलो हाफमा २-२ गोल सहित बराबर रहेको खेल निकै रोमान्चक भएको थियो । दर्शकको उल्लेखय उपस्थिति बीच भएको खेलको उपाधि आयोजक आफैले जित्न सफल भएको हो । तेस्रो गुणादी कपको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन ।

त्यस्तै उत्कृष्ट खेलाडी आयोजक न्यु जेनेरेशन युवा क्लवका भिसन गुरुङ, सर्वाधिक गोलकर्ता शिद्धा बाबा टुडाका सुरेश गुरुङ , उत्कृष्ट गोलरक्षक आयोजक न्यु जेनेरेशन युवा क्लवका आकाश रानाभाट र उत्कृष्ट डिफेन्स नमुना युवा क्लबका अनिश तामाङ घोषित भएका छन् । विजेता लाइ प्रमुख अतिथि सहित आयोजकले पुरस्कार वितरण गरेका थिए । क्वाटरफाइनल पछाडिका प्रत्येक खेलमा म्यान अफ ड म्याच प्रदान गरिएको खेल संयोजक विमल बस्नेतले जानकारी दिए । साथै प्रतियोगितामा ३६ समुहको सहभागिता रहेको बस्नेतले बताए ।

न्यु जेनेरेशन युवा क्लवको आयोजनामा गत शुक्रबार देखि गुणादिमा प्रतियोगिता सुरु भएको थियो । क्लवका अध्यक्ष शंकर रानाभाटको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक न्याय तथा कानुनमन्त्रि हरि बहादुर चुमान रहेका थिए । उक्त अवसरमा प्रमुख अतिथि चुमानले स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तर सम्म चिनाउन गुणादि कपले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेकपा तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, मनाङ मर्स्याङ्दी फुटबल क्लबका उपाध्यक्ष मुखिया गुरुङ, जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मणिराज थापा लगाएतले मन्तव्य राखेका थिए ।
यो पनि पढ्नुहोस :
तनहुँको म्याग्देमा ५५ हजार राशिको तेस्रो गुणादी कप फुटबल प्रतियोगिता सुरु
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने