रञ्जन अधिकारी । पत्रकारिता गर्ने काम पत्रकारको हो । कलाकार वा कलाकार हुन खोज्नेको होइन । पछिल्लो समय म्युजिक कम्पनी खोल्ने, लोक संगीत क्षेत्रमा अघि बढ्ने, रेडियोमा लोकदोहोरी कार्यक्रम चलाउने, कलाकार बन्न संघर्ष गरिरहेका धेरैका अनाधिकृत वेबसाइट छन् । जसको सञ्चालक को हो पनि पत्तो छैन, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता त परको कुरो । फेसबुकले वेबसाइटका कन्टेन्टलाई इन्स्टान्ट मार्फत डलर दिने गरेपछि साइट नचलाउने कमै थिए । दुई महिना अघि नयाँ पोलिसी ल्याएसँगै फेसबुकले धेरैको वेबसाइट बन्द गरेसँगै डलर झर्न छाडेपछि अब अपडेट हुन छाडेका छन् । तर, अझै पनि केही भ्रामक वेबसाइट सञ्चालनमै छन् । यसलाई रोक्न तर्फ पत्रकार महासंघ, प्रेस काउन्सिल, सरकारको ध्यान जान अत्यन्त जरुरी छ ।
यस्तै, भ्रामक वेबसाइट आरएमखबर डटकमका सञ्चालक अफवाह फैलाएपछि प्रहरी खोरमा पुगेका छन् । बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो अनलाईनकी अध्यक्ष एवं प्रबन्ध निर्देशक भनेर वेबसाइटमा चिनाएकी एञ्जिला सापकोटा पौडेल (प्राप्ति) लाई काठमाडौँबाट पक्राउ गरेको हो ।
गीतसंगीतको उत्पादन गर्ने सर्जक प्रेमसागर पौडेलको म्युजिक कम्पनी रक्षा म्युजिकको सो www.rmkhabar.com वेबसाइटको अध्यक्ष, प्रबन्ध निर्देशक, भाषा संयोजकमा प्राप्ति सापकोटा पौडेल नाम छ । वेबसाइटमा कहिँकतै श्रीमान् प्रेमसागर पौडेल नाम उद्दृत भने छैन । आरएम खबरकै फेसबुक पेजमा टीम मेम्बर पुजा शर्मा नाम छ । जुन आफै फेक अकाउण्ट हो ।

सो वेबसाइटमा प्रकाशित समाचारहरु अधिकांश भ्रम सिर्जना गर्ने, अफवाहपूर्ण तरिकाले बढाईचढाईंपूर्वक क्लिक गरुन् भन्ने मनसायले पोस्ट गरिएको हामी देख्न सक्छौं ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकको भ्रामक सामग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटोसमेत पोष्ट गरी सामाजिक सञ्जालमार्फत शेयर गरेपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । यद्यपी, सो समाचारमा प्रयोग गरिएको तस्विर यसअघिको बलात्कारको घटनामा मुछिएका प्रहरी भन्दै भाइरल भईसकेको तस्विर हो । यस घटनामा समेत सो तस्विर जोड्ने काम उनीबाट भएको हो ।
घटनाको अनुसन्धान भइरहेको र घटनाम संलग्न व्यक्ति हालसम्म खुल्न नआएको अवस्थामा सामाजिक सञ्जालमार्फत संवैधानिक मौलिक हकको समेत प्रतिकूल हुने बलत्कार जस्तो संवेदनशील घटनबारे अफवाह फैल्याइएकाले सापकोटालाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी शर्माले जनाए । उक्त अनलाइन प्रेस काउन्सिलमा दर्तासमेत नभएको सिआइबीको भनाइ छ । गत साउन ११ गते बालिकाको शव उखुबारीमा भेटिएको थियो। एकसाता हुन लाग्दा पनि घटना कसले गराएको भन्ने खुल्न सकेको छैन ।
कलाकार भन्ने, म्युजिक कम्पनी खोल्ने, गीत गाउँछु भन्ने, रेडियोमा लोकदोहोरी कार्यक्रम चलाउने पत्रकारिताका नाममा यस्ता हर्कतमा उत्रिएका छन् । आफू कारबाहीको भागिदार हुनुपर्नेमा कतिले त आफ्ना श्रीमती, प्रेमिकाका नाम राखिदिँदा यसरी फस्ने गरेको उदाहरण छ । अब यस्ता हर्कत गर्नेहरु सबैलाई कारबाहीको दायरामा नल्याएसम्म साँच्चै पत्रकारिता गर्ने पत्रकारको आलोचना भइनै रहन्छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो