तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत पर्ने तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बेलभन्ज्याङमा मंगलबार बिहान बस र ट्रक एकआपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । दुर्घटनामा परि ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दमौली बाट डुम्रेतर्फ जाँदै गरेको ५ ख ३८३० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । लालिमा यातायातको बस पोखराबाट कटारीको लागि छुटेको थियो । उक्त दुर्घटनामा यात्रु र चालक गरि १९ जना घाइते छन् ।
घाइते मध्ये ५ जनाको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए । अन्य १० घाइतेहरुको दमौली स्थित रत्नहरि अस्पताल र ४ जनाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार पनि तनहुँको छिर्कनेमा कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एकको मृत्यु, १५ जना घाइते भएका थिए ।
यो पनि पढ्नुहोस :
तनहुँको छिर्कनेमा कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एकको मृत्यु, १५ जना घाइते
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने